काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले देशको शैक्षिक परामर्श नियमनमा सरकारलाई सक्रिय हुन आग्रह गरेका छन्। शैक्षिक परामर्श क्षेत्र सुधारका लागि १० बुँदे प्रस्ताव सार्वजनिक गर्दै महरले सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाल सरकार शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन परामर्श क्षेत्रलाई साझेदारका रूपमा अघि बढाउनुपर्ने महरले आवश्यकता औंल्याएका छन्।
'परामर्श व्यवसायलाई व्यवस्थित गर्दै कानुनी र नीतिगत स्पष्टता ल्याउनुपर्छ। विदेशी विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्ति कोटा व्यवस्था गर्नुपर्छ। अन्तर्राष्ट्रिय विद्यार्थी भिसा नीतिलाई शीघ्र लागू गर्नुपर्छ,' नेता महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी कम्पनी ऐनअनुसार दर्ता नगरी वा इजाजतपत्र विना सञ्चालन भइरहेका परामर्श संस्थामाथि कारबाही गर्नुपर्ने, अनलाइनमार्फत मात्र विदेश पठाउने ‘एडटेक कम्पनी’हरूको नियन्त्रण गर्नुपर्ने, ठगी र विसंगति रोक्न धरौटी र नियमित अनुगमन व्यवस्था गर्नुपर्ने सुझाव उनले अघि सारेका छन्।
महरले विदेशमा पढ्न जाने विद्यार्थीलाई न्यूनतम मापदण्ड पूरा गरेका विश्वविद्यालयमै पठाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै यसले ‘ब्रेन गेन’लाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले कृत्य विवाह, मनि लण्ड्रिङ, फर्जी कागजात र अवैध वित्तीय कारोबारमा संलग्न परामर्श संस्थामाथि शून्य सहनशीलताको नीतिअनुसार कारबाही गर्नुपर्नेमा जोड दिए। साथै, विदेशी कम्पनीले विभिन्न सेमिनार र एक्स्पोमार्फत बढाउँदै लगेको सक्रियता तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता महरले औंल्याएका छन्।
'शिक्षा राष्ट्रको मेरुदण्ड हो। यसमा पारदर्शिता, उत्तरदायित्व र गुणस्तर कायम नगरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सकिँदैन,' विज्ञप्तिमा भनिएको छ,' त्यसैले शिक्षा मन्त्रालयले ढिलाइ नगरी ठोस कदम चाल्नुपर्ने बेला आएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: