टोकियो। जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार जापानको प्रविधि र भारतको कच्चा प्रतिभाले आर्थिक सहयोगलाई उत्कृष्ट मिश्रणमा परिणत गर्नसक्ने बताएको छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै १५ औँ भारत-जापान वार्षिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै इसिबाले ‘मेक इन इन्डिया’ पहलमा जापानले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराए।
“जापानको उन्नत प्रविधि र भारतको उत्कृष्ट प्रतिभा एकअर्काका पूरक हुन्, जसले हाम्रो आर्थिक सम्बन्धलाई नाटकीयरूपमा विस्तार गरेको छ । धेरै जापानी कम्पनीले विश्वव्यापी सहयोग विस्तार गर्दै मेक इन इन्डिया पहलमा प्रमुख योगदान दिएका छन् । आज, हाम्रो कम्पनीबिच नयाँ सहयोग सम्झौताको हस्ताक्षरले भारतमा लगानी विस्तार गर्ने र सहकार्य सुदृढ पार्ने जापानको दृढ प्रतिबद्धतालाई प्रस्ट देखाएको छ । यो हाम्रो दुई राष्ट्र वरिपरि केन्द्रित आपूर्ति शृङ्खला निर्माणको स्पष्ट प्रमाण हो”, जापानी प्रधानमन्त्रीले भने।
इसिबाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अन्तरिक्ष र स्वच्छ ऊर्जा क्षेत्रमा समेत दुवै देशबिच सहकार्य भइरहेको जानकारी दिए ।“मुख्य पहलमा जनता-जनता आदान प्रदानलाई बढावा दिनु, प्रधानमन्त्री मोदीको आत्मनिर्भर भारत नीतिअन्तर्गत प्रविधि र बजारको लाभ लिनु, साथै सेमिकन्डक्टर र जैविक इन्धनजस्ता महत्वपूर्ण क्षेत्रमा सहकार्य गर्नुपर्दछ”, उनले भन्नुभयो, “एआई, अन्तरिक्ष र स्वच्छ ऊर्जामा पनि दुवै देशबिच प्रयास भइरहेको छ । अनिश्चित वैश्विक अर्थतन्त्रमा लचिलो आपूर्ति शृङ्खला र आर्थिक सुरक्षाको लक्ष्य लिएर यी पहललाई दुवै सरकारले समर्थन गरेका छन् ।”
प्रधानमन्त्री इसिबाले जनता-जनता सम्बन्धलाई अझै गहिरो बनाउने इच्छा व्यक्त गर्दै वाराणसी भ्रमणको अनुभव पनि बाँडे। “म भविष्यमा हाम्रो द्विपक्षीय सहयोग निरन्तर विकसित रहोस् भन्ने चाहन्छु । यसका लागि म तीन प्रमुख पहललाई प्राथमिकता दिन्छु-पहिलो, जनता-जनता आदानप्रदानलाई प्रवद्र्धन गर्नु । म छ वर्षअघि वाराणसी गएका थिएँ र त्यहाँको मेहनती जनशक्तिलाई देख्दा प्रभावित भएँ । विकासका लागि भारतको ऊर्जा प्रशंसनीय छ”, उनले भने, “दोस्रो, प्रविधि र बजारको संयोजन हो । धेरै जापानी कम्पनीले मुम्बई(अहमदाबाद उच्च गतिको रेल निर्माणमा मिलेर काम गरिरहेका छन् । तीस वर्षअघि भारतमा प्रवेश गरेको मारुति सुजुकीले अहिले ठूलो बजार हिस्सा ओगटेको छ ।” प्रधानमन्त्री नरेन्द्र मोदी १५ औँ भारत-जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुन अगस्ट २९-३० सम्म जापानको आधिकारिक भ्रमणमा रहको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: