Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जापानको प्रविधि र भारतको प्रतिभाले आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍यायो - जापानी प्रधानमन्त्री

खबरडबली संवाददाता

टोकियो। जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार जापानको प्रविधि र भारतको कच्चा प्रतिभाले आर्थिक सहयोगलाई उत्कृष्ट मिश्रणमा परिणत गर्नसक्ने बताएको छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै १५ औँ भारत-जापान वार्षिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै इसिबाले ‘मेक इन इन्डिया’ पहलमा जापानले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराए।

“जापानको उन्नत प्रविधि र भारतको उत्कृष्ट प्रतिभा एकअर्काका पूरक हुन्, जसले हाम्रो आर्थिक सम्बन्धलाई नाटकीयरूपमा विस्तार गरेको छ । धेरै जापानी कम्पनीले विश्वव्यापी सहयोग विस्तार गर्दै मेक इन इन्डिया पहलमा प्रमुख योगदान दिएका छन् । आज, हाम्रो कम्पनीबिच नयाँ सहयोग सम्झौताको हस्ताक्षरले भारतमा लगानी विस्तार गर्ने र सहकार्य सुदृढ पार्ने जापानको दृढ प्रतिबद्धतालाई प्रस्ट देखाएको छ । यो हाम्रो दुई राष्ट्र वरिपरि केन्द्रित आपूर्ति शृङ्खला निर्माणको स्पष्ट प्रमाण हो”, जापानी प्रधानमन्त्रीले भने।

इसिबाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अन्तरिक्ष र स्वच्छ ऊर्जा क्षेत्रमा समेत दुवै देशबिच सहकार्य भइरहेको जानकारी दिए ।“मुख्य पहलमा जनता-जनता आदान प्रदानलाई बढावा दिनु, प्रधानमन्त्री मोदीको आत्मनिर्भर भारत नीतिअन्तर्गत प्रविधि र बजारको लाभ लिनु, साथै सेमिकन्डक्टर र जैविक इन्धनजस्ता महत्वपूर्ण क्षेत्रमा सहकार्य गर्नुपर्दछ”, उनले भन्नुभयो, “एआई, अन्तरिक्ष र स्वच्छ ऊर्जामा पनि दुवै देशबिच प्रयास भइरहेको छ । अनिश्चित वैश्विक अर्थतन्त्रमा लचिलो आपूर्ति शृङ्खला र आर्थिक सुरक्षाको लक्ष्य लिएर यी पहललाई दुवै सरकारले समर्थन गरेका छन् ।”

प्रधानमन्त्री इसिबाले जनता-जनता सम्बन्धलाई अझै गहिरो बनाउने इच्छा व्यक्त गर्दै वाराणसी भ्रमणको अनुभव पनि बाँडे। “म भविष्यमा हाम्रो द्विपक्षीय सहयोग निरन्तर विकसित रहोस् भन्ने चाहन्छु । यसका लागि म तीन प्रमुख पहललाई प्राथमिकता दिन्छु-पहिलो, जनता-जनता आदानप्रदानलाई प्रवद्र्धन गर्नु । म छ वर्षअघि वाराणसी गएका थिएँ र त्यहाँको मेहनती जनशक्तिलाई देख्दा प्रभावित भएँ । विकासका लागि भारतको ऊर्जा प्रशंसनीय छ”, उनले भने, “दोस्रो, प्रविधि र बजारको संयोजन हो । धेरै जापानी कम्पनीले मुम्बई(अहमदाबाद उच्च गतिको रेल निर्माणमा मिलेर काम गरिरहेका छन् । तीस वर्षअघि भारतमा प्रवेश गरेको मारुति सुजुकीले अहिले ठूलो बजार हिस्सा ओगटेको छ ।” प्रधानमन्त्री नरेन्द्र मोदी १५ औँ भारत-जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुन अगस्ट २९-३० सम्म जापानको आधिकारिक भ्रमणमा रहको छन् ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending