Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

संयुक्त राष्ट्र खाद्य एजेन्सी प्रमुखद्वारा गाजामा भोकमरी रोक्न नेतान्याहुमाथि दबाब

खबरडबली संवाददाता

तेल अभिव। संयुक्त राष्ट्रसंघीय खाद्य एजेन्सीका प्रमुख सिन्डी म्याककेनले बिहीबार गाजामा पर्याप्त खाद्यान्नको अभाव देखिएको र तत्काल थप मानवीय सहायताको आवश्यकता रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छलफल गरेको जानकारी दिएको छन्। 

उनले हालसालैको गाजा भ्रमणमा यो अवस्था ‘धेरै स्पष्ट’ भएको बताए। गत हप्तामै खाद्य सङ्कट सम्बन्धी विश्वकै अग्रणी निकायले गाजाको सबैभन्दा ठूलो सहर भोकमरीको चपेटामा परेको र यदि युद्धविराम तथा मानवीय सहायतामाथिको प्रतिबन्ध अन्त्य नभए यो सङ्कट सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने चेतावनी दिएको थियो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)की कार्यकारी निर्देशक म्याककेनले गाजामा भोकमरी वास्तविकतामा भइरहेको बताए । उनले भने, “मैले आफ्नै आँखाले भोकमरीमा परेका आमा र बालबालिकाहरूलाई भेटेँ । यो वास्तविक हो, र अहिले नै भइरहेको छ ।”  उहाँका अनुसार, नेतान्याहु ‘गाजामा मानिसले पर्याप्त खाना नपाएकोबारे स्पष्टरूपमा चिन्तित’ देखिन्थे । 

यद्यपि, विगतमा नेतान्याहुले गाजामा भोकमरी भएको कुरा अस्वीकार गर्दै यसलाई हमासको प्रचारको हिस्सा भन्नुभएको थियो । म्याककेनले भने, “थप मानवीय सहायता प्राप्त गर्ने प्रयासहरू तुरुन्तै दोब्बर गर्नुपर्छ भन्ने कुरामा हामी सहमत भयौँ । हाम्रो राहत सामग्रीका सवारीहरूको पहुँच र सुरक्षा सुनिश्चित गर्नु अनिवार्य छ ।”

-इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब

अनिकालको घोषणाले इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढाएको छ । इजरायल सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि लगातार युद्धमा संलग्न छ । यसबीच, इजरायलले गाजा सहर र हमासका अन्य गढ कब्जा गर्ने योजना बनाइरहेको बताएको छ, तर युद्धविरामका लागि हालसम्म कुनै प्रगति भएको देखिएको छैन । इजरायलले खाद्य सङ्कट मापन गर्ने अन्तर्राष्ट्रिय प्राधिकरण आइपिसीद्वारा जारी अनिकालसम्बन्धी घोषणालाई अस्वीकार गर्दै यसलाई बुधबार फिर्ता लिन माग गरेको छ ।

मानवीय सहायता वितरणका लागि जिम्मेवार इजरायली सैन्य निकाय कोगाटले बिहीबार जानकारी दिँदै तीन सयभन्दा बढी सहायता ट्रक हरेक दिन गाजामा प्रवेश गर्ने र तीमध्ये अधिकांशमा खाद्यान्न हुने दाबी गरेको थियो । तर सहायता संस्थाले २२ महिनाको युद्ध, यस वर्षको सुरुआतमा भएको सहायता नाकाबन्दी र गाजाको खाद्य उत्पादन पतनका कारण यो आपूर्ति निकै अपूरो रहेको बताएका छन् ।

म्याककेनले मङ्गलबारको दिनभर गाजा भ्रमण गर्दै पाल शिविरमा बसोबास गर्ने तथा भोकमरी झेलिरहेका विस्थापित परिवारसँग भेटवार्ता गरे। उनले भने, “मैले एउटा ११ सदस्यीय परिवारलाई भेटेँ । उनीह गाजाको उत्तरबाट आएका थिए । उनीहरूसँग शाब्दिकरूपमा पर्याप्त खाना थिएन, र अझै पनि छैन ।” उनले विश्व खाद्य कार्यक्रममार्फत थप खाद्यान्न गाजामा पठाइरहेको जानकारी दिनुभयो तर यसलाई अझ बढाउनुपर्ने आवश्यकता दोहोर्‍याए ।

-वर्तमान समयको विपत्ति

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा अनिकाललाई ‘वर्तमानको विनाश’ भन्दै यसले इजरायली सैन्य आक्रमणलाई ‘नयाँ र खतरनाक चरण’ तर्फ धकेल्ने चेतावनी दिए। उनका अनुसार, यसले ‘विनाशकारी परिणामहरू’ ल्याउने छ र थकित नागरिकलाई फेरि भाग्न बाध्य पार्ने छ । गुटेरेसले भने, “गाजा भग्नावशेषले भरिएको छ, शवहरूले ढाकिएको छ र अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनका उदाहरण देखिएका छन् ।”

यसबिच, इजिप्ट र कतारका मध्यस्थकर्ताले इजरायललाई प्रस्तुत गरेको ६० दिनको युद्धविराम प्रस्तावको प्रतिक्रियाको प्रतीक्षा गरिरहेका छन् । कतारका विदेशमन्त्रीका अनुसार, हमासले उक्त प्रस्ताव स्वीकार गरिसकेको छ । प्रस्तावमा १० जीवित बन्धकको रिहाइ र १८ मृतकको शव हस्तान्तरणको बदलामा युद्धविराम, साथै गाजाको बफर जोनबाट इजरायली सेनाको फिर्तीको माग गरिएको छ ।

-यमनमा इजरायली आक्रमण

बिहीबार, इजरायलले यमनको राजधानी सानामा हवाई आक्रमण गर्यो । यो हमला इरान समर्थित हुथी विद्रोहीले इजरायलतर्फ मिसाइल र ड्रोन प्रक्षेपण गरेको प्रतिक्रियामा भएको हो । हुथीले २२ महिनादेखि लाल सागरमा जहाजलाईसमेत लक्षित गर्दै आएका छन् र प्यालेस्टिनीहरूसँग एकता देखाउन आक्रमण गरेको बताएका छन् ।

-मानवीय क्षति

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, युद्ध सुरु भएदेखि करिब ६३ हजार मानिस मारिएका छन् । गत दिन मात्रै इजरायली आक्रमणबाट ७१ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ । मन्त्रालयका अनुसार, मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् ।

उक्त मन्त्रालय हमासद्वारा सञ्चालित भएपनि संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र विज्ञले यसलाई गाजामा युद्ध हताहत सम्बन्धी सबैभन्दा विश्वसनीय स्रोत मानेका छन् । इजरायलले यस्ता तथ्याङ्कमाथि विवाद गर्दै आएको छ तर आफ्ना आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन ।

हमासले सन् २०२३ अक्टोबर ७ मा एक हजार दुई सय मानिसको हत्या गरी दुई सय ५१ जनालाई अपहरण गरेको थियो, जसमा अधिकांश नागरिक थिए । पछिल्ला युद्धविराम र सम्झौतामार्फत धेरै बन्धकलाई रिहा गरिएको छ । इजरायलका अनुसार, अझै करिब ५० मध्ये २० जना जीवित रहेको विश्वास गरिन्छ ।

गुटेरेसले कब्जा गर्ने शक्तिका रूपमा इजरायलको दायित्व नागरिकको सुरक्षा गर्न, ठूलो मानवीय पहुँच सुनिश्चित गर्न र उनीहरूको आधारभूत आवश्यकता पूरा गरेको बताए। खाद्य, पानी र स्वास्थ्य सेवामा भइरहेको व्यवस्थित विघटनलाई उनले ‘मानवताको आधारभूत मूल्यलाई बेवास्ता गर्ने जानाजानी गरिएको निर्णयको परिणाम’ भनेको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending