काठमाडौं। दुबईकी राजकुमारी शेखा महरा मोहम्मद रसिद अल मकतौम फेरि एकपटक चर्चामा आएकी छन् ।
उनले पहिला इन्स्टाग्राममा श्रीमान्सँग सम्बन्धविच्छेदको घोषणा गरेर सबैलाई चकित पारेकी थिइन् र अहिले प्रख्यात र्यापर फ्रेन्च मोन्टानासँग उनको इन्गेजमेन्टको खबरले हलचल मच्चाएको छ ।
३१ वर्षीया राजकुमारी र ४० वर्षीय र्यापरले सन् २०२५ को जुनमा पेरिस फेसन विकको दौरान इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ । यो जोडी गत वर्ष देखि एकअर्कासँग समय बिताउँदै आएका थिए र अहिले उनीहरुको प्रेम संसार सामु आएको छ ।
राजकुमारी महरा र फ्रेन्च मोन्टानाबीच २०२४ को अन्त्यतिर भेट भएको थियो, जब महराले उनलाई दुबईको यात्रामा लिएर सामाजिक सञ्जालमा तस्बिरहरू सेयर गरेका थिए। त्यसपछि दुवै दुबई र मोरक्कोमा सँगै देखिएका थिए । कहिले सुन्दर रेस्टुरेन्टमा खाना खाइरहेको, कहिले मस्जिदमा गएको, कहिलेकाहीँ पेरिसको प्रसिद्ध पोन्ट डेस आर्ट्स ब्रिजमा टहल्ने गरेको देखिएको थियो । यस वर्षको सुरुमा पेरिसमा भएको फेसन इभेन्टमा दुवैले हात समातेर आफ्नो प्रेम व्यक्त गरेका थिए ।
राजकुमारी महराको जीवनमा यो नयाँ अध्याय सुरु भयो, जब उनले आफ्नो पहिलो पति शेख मना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमसँग सम्बन्ध विच्छेद गरिन् । उनीहरु दुवैले २०२३ मेमा विवाह गरेका थिए र उनीहरुको एक छोरी पनि छन् । तर विवाह लामो समय टिक्न सकेन । गत वर्ष, मेहराले इन्स्टाग्राममा एक अचम्मको पोस्ट पोस्ट गरे, जसमा उनले आफ्नो पतिलाई अन्य महिलाहरूसँग समय बिताएको आरोप लगाएकी थिइन्।
उनले लेखेकी थिइन, 'मेरो श्रीमान्, तिमी अन्य महिलासँग व्यस्त भएकाले म तिमीलाई सम्बन्धविच्छेद गर्छु, तिमीलाई सम्बन्ध विच्छेद गर्छु, तिमीलाई सम्बन्ध विच्छेद गर्छु। आफ्नो ख्याल राख्नुहोस्। तिम्रो पूर्व पत्नी।' यो पोस्टले सामाजिक सञ्जालमा हलचल मच्चाएको थियो । सम्बन्धविच्छेद पछि महराले आफ्नो ब्राण्ड महरा एम १ अन्तर्गत ‘डिभोर्स’ नामक परफ्युम लन्च गरेकी थिइन् ।
राजकुमारी महरा आफ्नो शाही वंशका लागि मात्र होइन, उनको व्यक्तित्व पनि बेजोड छ। उनले बेलायतको एक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिग्री लिएकी छिन् र मोहम्मद बिन रसिद सरकारी प्रशासनबाट योग्यता पनि लिएका छन्। अर्कोतर्फ, फ्रेन्च मोन्टाना आफ्ना ुअनफर्गेटेबलु र 'नो स्टाइलिस्ट' जस्ता गीतहरूबाट विश्वभर प्रसिद्ध छ। उनको वास्तविक नाम करिम खरबुस हो।
मोन्टानाको जीवन पनि कम रोचक छैन, उनले नदीम खरबुशसँग २००७ देखि २०१४ सम्म घरजम गरेर बसेका थिए । जससँग उनको १६ वर्षको छोरा क्रुज खरबुस छ । थप रूपमा, मोन्टाना उनको परोपकारी कार्यको लागि पनि परिचित छन्। उनले युगान्डा र उत्तर अफ्रिकामा स्वास्थ्य सेवा र शिक्षा परियोजनाहरूलाई वित्त पोषित गर्नुभएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: