Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

परम्परागत आरन पेसासँगै बाँचेका रामकुमार बराइली

खबरडबली संवाददाता

झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौडाले फलाम पिटिरहेका थिए । 

शरीर कमजोर भए पनि उनको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै छ । कारण–जीवनसाथी जस्तै बनेको आरन, हथौडा र फलामसँगको नाता । बराइलीको जन्म धनकुटाको पाख्रिबासमा भएको हो ।

बाल्यकालदेखि नै आरन–हथौडा देखेर हुर्किएका उनी २०३४ तिर झापाको साविक गोलधाप बजार आए। यहाँ आएपछि उनले ‘दुर्गा फलाम रिपयरिङ सेन्टर’ नामक पसल खोजेर कुखुरी, बन्चरो, हँसिया, चुलेसीजस्ता दैनिक जीवनमा प्रयोग हुने औजार बनाउन थाले । “धान रोप्ने बेला किसान हँसिया ‘माग’ गर्न आउँथे, मकै टिप्ने बेला चुलेसी बनाइदिन भन्थे । कसैको घरमा चक्कु बिग्रियो भने मर्मतका लागि यही पसल खोजिन्थ्यो”, बराइली भन्छन् ।

बराइलीका अनुसार सुरुदेखि नै कामको कमी कहिल्यै भएन । तर आज उमेरले ७० वर्ष टेक्दा साथीमध्ये कतिले पेसा छाडिसके, कतिले बुढ्यौलीले काम गर्न सकेनन् । बराइली भन्छन्, “अझै पनि पसलमै दिन बिताउँछन् । बिहान पसल सफा गर्छन्, फलाम तताउँछन् र हातले कुटेर औजार बनाउँछन् ।”

जीवनमा धेरै उतारचढाव देख्नुभएका उनी हाल श्रीमतीसँगै गोलधापमा बस्छन् । दुई छोरी विवाह गरेर आ–आफ्नो घरमा छन् । एक छोरा भारतीय सेनामा, अर्को दुबईमा वैदेशिक रोजगारीमा छन् । सन्तान बिर्तामोडमा बस्छन् तर बराइलीलाई भने गोलधापकै पसल प्रिय छ ।

“मेरो जीवन यही आरनमै बित्यो, यही मेरो घर हो”, बराइली भावुक हुँदै भन्छन्। तर उनीसँगै यो सीप हराउने डर पनि बढेको छ । “छोरानाति कसैले सिक्न चाहेनन्, सबैको सपना सहर वा विदेशमै छ । अब मेरोपछि यो काम सकिने भयो,” उनले दुखेसो पोखे ।

बराइलीमात्र होइन, देशभर परम्परागत सीप बोकेका कारिगर लोपोन्मुख अवस्थामा छन् । बढैया, शिल्पी, कामी वा लोहार सबैलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ । तर, बराइलीजस्ता सीपधारीहरू हाम्रो समाजका लागि जीवित प्रेरणा हुन् । जीवनभर पुर्ख्यौली पेसालाई अँगालेका उनले परिवार पाल्न सके, समाजलाई योगदान दिए । तर अहिले उनको आरनमा गुन्जिने फलामको आवाज क्रमशः मन्द हुँदै गएको छ । बराइली भन्छन्, “म यो आरनसँगै बाँचेँ, यहीँ मर्छु पनि । तर यो सीप बाँचिराखोस् भन्ने मेरो चाहना हो ।”

उनको चाहना केवल व्यक्तिगत इच्छा मात्र होइन, मौलिक सीप जोगाउन समाज र सरकार दुवैको चुनौती पनि हो । अब प्रश्न उठ्छ – हामी मौलिक पेसा जोगाउन तयार छौँ वा बराइलीसँगै हराउँदै जान दिनेछौँ ?

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending