Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

ह्वाइट हाउसद्वारा सिडिसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

खबरडबली संवाददाता

वासिङ्टन। संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का प्रमुखले खोपसम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवादका क्रममा राजीनामा दिन नमानेपछि ह्वाइट हाउसले उहाँलाई बर्खास्त गर्न लागेको बुधबार पुष्टि गरेको छ ।

केनेडीले अमेरिकी खोप नीतिमा व्यापक फेरबदल गरेको विषयमा बढ्दो विवादका कारण सिडिसीका अन्य पाँच जना वरिष्ठ अधिकारीले पनि राजीनामाको घोषणा गरेको एजेन्सीका केही कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले जनाएको छ । उनी स्वास्थ्य वैज्ञानिक तथा लामो समयदेखिे अनुभवप्राप्त सरकारी कर्मचारी सुसन मोनारेज सीडीसीको प्रमुख थिए तर केनेडीको स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) ले उहाँ ‘अब निर्देशक नरहेको’ घोषणा गरेको छ । 

मोनारेजका वकिलले एएफपीलाई दिएको जानकारीमा भनेको छन्, “मोनारेजले न त राजीनामा दिए न त ह्वाइट हाउसबाट उनलाई बर्खास्त गरिएको सूचना नै पाएको छन् ।” केनेडीले राजनीतिक लाभका लागि सार्वजनिक स्वास्थ्यलाई हतियार बनाएको र लाखौँ अमेरिकीको जीवन जोखिममा पारेको आरोप लगाउँदै वकिलले भने, ‘उहाँ निष्ठावान र विज्ञानप्रति समर्पित व्यक्ति छन् र उनले राजीनामा दिने छैन । मोनारेजले अवैज्ञानिक, लापरबाहीपूर्ण निर्देशन र समर्पित स्वास्थ्य विशेषज्ञलाई बर्खास्त गर्न नमानेपछि उनलाई नै निशाना बनाइएको बताइएको छ ।

ह्वाइट हाउसले भने मोनारेजलाई बर्खास्त गरिएको पुष्टि गरेको छ । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले इमेलमार्फत जारी गरेको एएफपीलाई प्राप्त विज्ञप्तिमा भनिएको छ, “सुसन मोनारेज राष्ट्रपतिको अमेरिकालाई स्वस्थ बनाउने कार्यसूचीसँग मेल खानुहुँदैन ।” “सुसन मोनारेजले एचएचएस नेतृत्वलाई राजीनामा दिन चाहेको जानकारी गराए पनि राजीनामा दिन आलटाल गरेपछि ह्वाइट हाउसले मोनारेजलाई सीडीसीको पदबाट बर्खास्त गरेको छ,” देसाईले भने । 

मोनारेजको बर्खास्तीबारे पहिलो पटक समाचार प्रकाशित गर्ने वासिङ्टन पोस्टका अनुसार केनेडीले उनको खोप नीति परिवर्तनलाई समर्थन गर्ने प्रतिबद्धता जनाउन नमानेपछि सिडिसी प्रमुखबाट राजीनामा दिन दबाब दिएको थिए। 

सिडिसीका दुई हजारभन्दा बढी कर्मचारीको प्रतिनिधित्व गर्ने एक युनियनका अनुसार सिडिसीका पाँच उच्चपदस्थ अधिकारीले इमेलमार्फत राजीनामा दिएका छन् । एएफजीई लोकल २८८३ युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ’सिडिसीका धेरै अनुभवी जनस्वास्थ्य नतृत्वले अचानक राजीनामा दिएको सुनेर हामी स्तब्ध भएका छौँ ।”

“राजनीतिले उनीहरूलाई कुनै विकल्प नछाडेका कारण धेरैले आफूले मन पराएको कामबाट टाढा जान बाध्य भए”, युनियनले भनेको छ, “खोपले जीवन बचाउँछ ।” सिडिसीको राष्ट्रिय खोप तथा स्वासप्रस्वास रोग केन्द्रका निर्देशक पदबाट राजीनामा दिएका डेमेट्रे दासकलाकिसले भने, “यो त अति भयो ।”

“सिडिसीलाई वैज्ञानिक वास्तविकता प्रतिबिम्बित नगर्ने नीति र सामग्री उत्पन्न गर्ने उपकरणको रूपमा व्यवहार गरिएको छ र यसले जनताको स्वास्थ्य सुधार गर्नुको सट्टा चोट पुर्याउने छ । म त्यस्तो वातावरणमा सेवा गर्न असमर्थ छु, उनले एक्समा लेखेको छन् । 

सिडिसीका प्रमुख चिकित्सा अधिकृत डेब्रा होउरी र संस्थाको ‘नेशनल सेन्टर फर इमर्जिङ एण्ड जुनोटिक इन्फेक्शियस डिजिज’का निर्देशक डेनियल जर्निगनले पनि राजीनामा दिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending