वासिङ्टन। संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का प्रमुखले खोपसम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवादका क्रममा राजीनामा दिन नमानेपछि ह्वाइट हाउसले उहाँलाई बर्खास्त गर्न लागेको बुधबार पुष्टि गरेको छ ।
केनेडीले अमेरिकी खोप नीतिमा व्यापक फेरबदल गरेको विषयमा बढ्दो विवादका कारण सिडिसीका अन्य पाँच जना वरिष्ठ अधिकारीले पनि राजीनामाको घोषणा गरेको एजेन्सीका केही कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले जनाएको छ । उनी स्वास्थ्य वैज्ञानिक तथा लामो समयदेखिे अनुभवप्राप्त सरकारी कर्मचारी सुसन मोनारेज सीडीसीको प्रमुख थिए तर केनेडीको स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) ले उहाँ ‘अब निर्देशक नरहेको’ घोषणा गरेको छ ।
मोनारेजका वकिलले एएफपीलाई दिएको जानकारीमा भनेको छन्, “मोनारेजले न त राजीनामा दिए न त ह्वाइट हाउसबाट उनलाई बर्खास्त गरिएको सूचना नै पाएको छन् ।” केनेडीले राजनीतिक लाभका लागि सार्वजनिक स्वास्थ्यलाई हतियार बनाएको र लाखौँ अमेरिकीको जीवन जोखिममा पारेको आरोप लगाउँदै वकिलले भने, ‘उहाँ निष्ठावान र विज्ञानप्रति समर्पित व्यक्ति छन् र उनले राजीनामा दिने छैन । मोनारेजले अवैज्ञानिक, लापरबाहीपूर्ण निर्देशन र समर्पित स्वास्थ्य विशेषज्ञलाई बर्खास्त गर्न नमानेपछि उनलाई नै निशाना बनाइएको बताइएको छ ।
ह्वाइट हाउसले भने मोनारेजलाई बर्खास्त गरिएको पुष्टि गरेको छ । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले इमेलमार्फत जारी गरेको एएफपीलाई प्राप्त विज्ञप्तिमा भनिएको छ, “सुसन मोनारेज राष्ट्रपतिको अमेरिकालाई स्वस्थ बनाउने कार्यसूचीसँग मेल खानुहुँदैन ।” “सुसन मोनारेजले एचएचएस नेतृत्वलाई राजीनामा दिन चाहेको जानकारी गराए पनि राजीनामा दिन आलटाल गरेपछि ह्वाइट हाउसले मोनारेजलाई सीडीसीको पदबाट बर्खास्त गरेको छ,” देसाईले भने ।
मोनारेजको बर्खास्तीबारे पहिलो पटक समाचार प्रकाशित गर्ने वासिङ्टन पोस्टका अनुसार केनेडीले उनको खोप नीति परिवर्तनलाई समर्थन गर्ने प्रतिबद्धता जनाउन नमानेपछि सिडिसी प्रमुखबाट राजीनामा दिन दबाब दिएको थिए।
सिडिसीका दुई हजारभन्दा बढी कर्मचारीको प्रतिनिधित्व गर्ने एक युनियनका अनुसार सिडिसीका पाँच उच्चपदस्थ अधिकारीले इमेलमार्फत राजीनामा दिएका छन् । एएफजीई लोकल २८८३ युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ’सिडिसीका धेरै अनुभवी जनस्वास्थ्य नतृत्वले अचानक राजीनामा दिएको सुनेर हामी स्तब्ध भएका छौँ ।”
“राजनीतिले उनीहरूलाई कुनै विकल्प नछाडेका कारण धेरैले आफूले मन पराएको कामबाट टाढा जान बाध्य भए”, युनियनले भनेको छ, “खोपले जीवन बचाउँछ ।” सिडिसीको राष्ट्रिय खोप तथा स्वासप्रस्वास रोग केन्द्रका निर्देशक पदबाट राजीनामा दिएका डेमेट्रे दासकलाकिसले भने, “यो त अति भयो ।”
“सिडिसीलाई वैज्ञानिक वास्तविकता प्रतिबिम्बित नगर्ने नीति र सामग्री उत्पन्न गर्ने उपकरणको रूपमा व्यवहार गरिएको छ र यसले जनताको स्वास्थ्य सुधार गर्नुको सट्टा चोट पुर्याउने छ । म त्यस्तो वातावरणमा सेवा गर्न असमर्थ छु, उनले एक्समा लेखेको छन् ।
सिडिसीका प्रमुख चिकित्सा अधिकृत डेब्रा होउरी र संस्थाको ‘नेशनल सेन्टर फर इमर्जिङ एण्ड जुनोटिक इन्फेक्शियस डिजिज’का निर्देशक डेनियल जर्निगनले पनि राजीनामा दिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: