काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।
बुधबार साँझ एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलासहित काठमाडौंका केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटीका नेताहरूसँगको छलफलमा ओलीले पार्टीको नेतृत्व र भावी रणनीतिबारे स्पष्ट धारणा राख्दै भण्डारीको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्।
"विद्याबाहेक मलाई एमालेमा चुनौती दिने कोही छैन," भन्दै ओलीले पूर्वराष्ट्रपतिको नाम नलिए पनि स्पष्ट संकेतसहित आलोचना गरे। उनले भने, "विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ। लालगेडी भएर पार्टी चल्दैन।"
ओलीका अनुसार विद्यादेवी भण्डारीले पार्टी नेतृत्वमा आँखा लगाएकी छन्। "उहाँले भनेकी थिइन्—‘एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न।’ तर मैले भनेँ— भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन," ओलीले दाबी गरे।
पूर्वराष्ट्रपति भइसकेकी व्यक्तिले पुनः सक्रिय राजनीतिमा आउनु अशोभनीय रहेको बताउँदै ओलीले भने, "उहाँले पार्टीको पक्षमा नबोल्नेहरूलाई भेला गरेर हिँड्नु भएको छ। चक्रपथ अनलाइनमा मेरोबारेमा जथाभावी लेखाउने काम भएको छ।"
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै ओलीले भने, "ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन। अभागीलाई खाने बेलामा रिस उठ्छ।"
विधान र महाधिवेशनबारे पार्टीभित्र भएका टिप्पणीहरूलाई खण्डन गर्दै ओलीले कर्णबहादुर थापाले विधानबारे गलत धारणा फैलाएको दाबी गरे। "पत्रकारले पार्टी सदस्यता दिने होइन," भन्दै उनले सदस्यता विवादमा च्यासल समूहको आरोप अस्वीकार गरे।
ओलीले आफ्नो मन्तव्यमा मदन भण्डारीको नाम समेत जोड्दै विचार र सिद्धान्त बचाउनेतर्फ जोड दिए। "सेन्टिमेन्टमा गएर हुँदैन, मदन भण्डारीका विचार पवित्र हुन्, घर होइन। जबज कुनै परिवारको सम्पत्ति होइन। जबज फाउन्डेशनले बचाउने पनि होइन। जबजका नाममा पार्टीमा समस्या ल्याउने होइन," ओलीले प्रष्ट पारे।
पार्टी नेतृत्व र संगठनबारे कुरा गर्दै ओलीले भने, "विधान अधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा महाधिवेशनमा हिसाब-किताब गरिन्छ।" उनले स्वास्थ्य राम्रो रहेको र उमेरको बहानामा अब नेतृत्व नछाड्ने संकेत गर्दै भने, "कार्यकाल र ७० वर्षे आवश्यकता रहेन।"
उनले रवि लामिछाने र राजेन्द्र लिङ्देनसँगको राजनीतिक सम्बन्ध पनि स्मरण गर्दै थपे, "रविलाई मैले नै बनाएको हो, लिङ्देनले झापामा जितेका छन्— हामीले सहयोग गरेका थियौं।"
ओलीको भनाइहरूबाट स्पष्ट हुन्छ कि पार्टीभित्रको अन्तरसंघर्ष र नेतृत्वको विषय अहिले पनि सतहमा छ। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई गम्भीर रूपमा लिँदै त्यसले पार्टीमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्।
"व्यक्ति ठूलो कुरा होइन, आन्दोलन बचाउनुपर्छ," भन्ने ओलीको भनाइबाट उनले अझै पनि आफूलाई पार्टी र आन्दोलनको केन्द्रमा देखिरहेको प्रस्ट हुन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०९:३६
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...




प्रतिकृया लेख्नुहोस्: