काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताविरोधी गतिविधि नियन्त्रणका लागि सामाजिक सञ्जाल नियमनको आवश्यकता औँल्याएका छन्।
यहाँ सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने सरकारले गरेको निर्णयबारे स्पष्ट पार्दै नेपालभित्र सञ्चालनमा रहेका स्वदेशी वा विदेशी सामाजिक सञ्जाल सञ्चालकले नेपालको संविधान र कानुनलाई समर्थन गर्दै अनिवार्य सूचीकरण हुनुपर्ने जानकारी दिए।
मन्त्रिपरिषद्ले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई मन्त्रालयमा सूचीकरणका लागि आह्वान गर्ने निर्णय गरेको बताए ।
धेरै सामाजिक सञ्जालका सञ्चालकहरूलाई पटक पटक आह्वान गर्दा पनि सूचीकरण हुन नआएपछि मन्त्रिषपरिद्बाटै निर्णय गर्नुपर्ने अवस्था आएको मन्त्री गुरुङको भनाइ थियो । “यति धेरै सामाजिक सञ्जाल सञ्चालनमा छन् । मैले मेटाका प्रतिनिधिलाई स्वास्थ्य र कृषिमा सहयोग पुर्याउन आग्रह गरेको थियो । उहाँहरूबाट मौखिक आश्वासन आए पनि अरू कुनै प्रतिक्रिया आएको छैन”, उनले भने, “यस्ता व्यापारिक संस्थाहरूले हाम्रो संविधान, कानुन र सार्वभौमिकता मान्नैपर्छ, मान्दैनौं भन्न पाइँदैन । पटक पटक आह्वान गर्दा पनि अटेरी गरिरहेका कारण मन्त्रिपरिषद्को बैठकले नै सात दिनको समय दिने निर्णय गरेको हो ।”
मन्त्री गुरुङले यस निर्णयबाट सामाजिक सञ्जालमा भइरहेका समस्या भ्रामक समाचार, ‘फेक आइडी’, ‘सेक्सटोर्सन’, ‘एक्सटोर्सन’, गलत सूचना, कुप्रचार, ‘साइबर बुलिङ’, र ‘डिप फेक’ जस्ता अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र सामाजिक मूल्यमान्यता विपरीत चलेका यस्ता गतिविधिलाई नियमन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
संसद्मा छलफलका क्रममा रहेको सूचना प्रविधि तथा ‘साइबर’ सुरक्षा विधेयक, २०८२ पास भएपछि यस प्रकारको निर्णय गरिरहन आवश्यक नहुने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: