Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

ट्रम्प प्रशासनले गाजा युद्धपछिको ‘व्यापक योजना’ सार्वजनिक गर्दै

खबरडबली संवाददाता

वासिङ्टन। अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा ‘ठूलो बैठक’ को अध्यक्षता गर्नुहुने घोषणा गरेको छन् । बैठकमा युद्धपछिको गाजाको व्यवस्थापनबारे ‘व्यापक योजना’ मा छलफल हुनेछ । 

टाइम्स अफ इजरायलले फक्स न्युजलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । टाइम्स अफ इजरायलका अनुसार, विटकफले युद्धपछिको व्यवस्थापनका लागि अमेरिकी योजनाको अस्तित्व सार्वजनिक गरेको यो पहिलो पटक हो । “धेरै मानिसले यो योजना कति बलियो छ र यसको अर्थ कति राम्रो छ भनेर हेर्नेछन् । यसले राष्ट्रपति ट्रम्पको मानवीय उद्देश्यलाई प्रतिविम्बित गर्छ”, विटकफले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भने ।

उनले युद्धविराम सम्झौताबारे ट्रम्प प्रशासनको आधिकारिक धारणा दोहोर्‍याउँदै आंशिक गाजा बन्धक सम्झौताका विपक्षमा रहेको बताए। यसअघि, हमासले अगस्ट १८ मा अरब मध्यस्थकर्ताको पछिल्लो प्रस्ताव स्वीकार गरेको थियो । तर ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ‘हमासलाई पूर्ण रूपमा ध्वस्त पारेपछि मात्र बन्धकलाई मुक्त गर्नुपर्छ’ भन्ने धारणा राख्दै आंशिक सम्झौताविरुद्ध समर्थन जनाएको थिए।

यद्यपि टाइम्स अफ इजरायलका अनुसार ह्वाइट हाउसले पछिल्लो चरणबद्ध बन्धक सम्झौता प्रस्तावको समीक्षा गरिरहेको बताएको छ । हमासले ६० दिनको प्रस्ताव स्वीकार गरे पनि विटकफले सम्झौताको ढिलाइका लागि लडाकू सङ्गठनलाई दोष दिए। उनले भने, “उनीहरूले गत महिना प्रक्रिया ढिलो पार्न खोजे ।”

उनका अनुसार इजरायलले तीव्र दबाब दिएपछि मात्रै हमासले यो प्रस्ताव स्वीकार गरेको हो । “अब हामी त्यो सम्झौता स्वीकार गर्छौं भन्ने कुरा हमासले गरिरहेको छ । मलाई लाग्छ उनीहरूले यसरी भन्नुको कारण इजरायलीको तीव्र दबाब हो”, उनले फक्सलाई भने। तर इजरायलले यो सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा उनले केही टिप्पणी गरेनन् ।

इजरायलले हालसम्म सम्झौता स्वीकार गरेको छैन र आफ्नो गाजा निकासी योजनाको एक अंशका रूपमा हमासलाई पूर्णरूपमा ध्वस्त पार्ने उद्देश्यसहित स्थल अभियान चलाइरहेको छ । सोमबार बिहानदेखि गाजामा भएका इजरायली आक्रमणले कम्तीमा ६१ जनाको मृत्यु भएको छ, जसमा सात जना सहायता खोज्ने क्रममा मारिएका थिए । 

गाजाको नागरिक सुरक्षाले अगस्ट ६ देखि इजरायलले गाजा सहरमा एक हजार भवन ध्वस्त पारेको बताएको छ । सयौँ मानिस भग्नावशेषमा फसेका छन् भने निरन्तर गोलाबारी र अवरुद्ध मार्गका कारण उद्धार तथा सहायता कार्यमा गम्भीर अवरोध भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending