Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

जर्मन पत्रिकाको दाबी- ट्रम्पसँग रिसाए मोदीले चार पटक फोन गर्दा पनि उठाएनन्

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्मको भन्सार शुल्क लगाएको विषयले दुई देशबीचको सम्बन्धमा तनाव सिर्जना भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतले युक्रेन युद्धको बीचमा रुसबाट कच्चा तेल किनेर अप्रत्यक्ष रुपमा रुसलाई सहयोग गरिरहेको आरोप लगाउँदै भारतमाथि २५ प्रतिशत थप भन्सार कर लगाएको हो। यससँगै कुल करदर ५० प्रतिशत पुगेको छ।

भारतले भने अमेरिकी निर्णयको तीव्र विरोध गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा भारत कुनै पनि अन्तर्राष्ट्रिय दबाबका अगाडि नझुक्ने स्पष्ट पारेका छन्।

यसैबीच, जर्मनीको प्रतिष्ठित पत्रिका फ्रान्कफर्टर अल्गमाइन चाइटुङको एक रिपोर्टमा उल्लेख गरिएको छ कि भन्सार कर लगाएपछि राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई चार पटक फोन गरेका थिए, तर मोदीले तीमध्ये कुनै पनि फोन नउठाएको दाबी गरिएको छ। यद्यपि ती फोन कहिले गरिएका थिए भन्ने जानकारी भने रिपोर्टमा दिइएको छैन।

उक्त रिपोर्टमा भारत अमेरिकासँगको सम्बन्ध चिसिएपछि चीन र रुससँगको सम्बन्ध सुधार गर्ने दिशामा लागेको उल्लेख छ। साथै, ट्रम्पले भारतलाई कृषि बजार खोल्न आग्रह गरे पनि मोदी सरकारले उक्त प्रस्ताव अस्वीकार गरेको दाबी पनि गरिएको छ।

रिपोर्ट अनुसार, अमेरिका चीनलाई पृथक गर्न भारतलाई आफ्नो पक्षमा मजबुत रूपमा उभिन आग्रह गरिरहेको छ, तर भारतले यो विषयमा सहमति नजनाएको उल्लेख गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending