विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङमा विवाद चुलिँदै जाँदा दुई फरक समूहले आ-आफ्नो संयोजक तोकेका छन्।
शनिबार एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियुको जिल्ला बैठकमा नेतृत्व चयनको विषयलाई लिएर तीव्र मतभेद देखिएपछि संस्थापन पक्ष र संस्थापन इतर पक्षले छुट्टाछुट्टै संयोजक घोषणा गरेका हुन्।
संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरे भने, विद्या पक्ष (संस्थापन इतर समूह) ले संगम कन्दङ्वालाई संयोजक बनाएको छ। बैठक अनेरास्ववियु केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज प्रीति दाहालको प्रमुख आतिथ्यमा र तत्कालीन संयोजक वीरेन्द्र घिमिरेको अध्यक्षतामा बसेको थियो।
बैठकमा संयोजक वीरेन्द्र घिमिरेको उमेर ३२ वर्ष नपुगेको प्रमाण पेश गर्न माग गरिएपछि विवाद सुरु भएको थियो। विवाद चर्किएपछि संयोजक घिमिरे बैठकबाट बाहिरिए। त्यसपछि सो समूहले उपाध्यक्ष रहेका संगम कन्दङ्वालाई संयोजक बनाउने निर्णय गरेको विद्यार्थी इन्चार्ज जोसेप घिमिरेले जानकारी दिए।
तर, घिमिरेले मङ्गलवारसम्म उमेरसम्बन्धी प्रमाण पेस गर्ने बताएको र त्यो प्रक्रिया समाप्त नहुँदै विद्या पक्षले एकतर्फी रूपमा संयोजक घोषणा गरेको आरोप लगाए। त्यसकै प्रतिक्रिया स्वरूप आफूले पनि एलिस ओझालाई संयोजक बनाएको घिमिरेले बताए।
यद्यपि एमाले मोरङका उपाध्यक्ष सागर थापाले बैठकले जसलाई संयोजक तोक्छ, त्यही निर्णय वैध हुने बताएका छन्। "संयोजकले नै संयोजक तोक्ने कुनै विधान छैन," उनले भने, "बैठकले निर्णय गर्छ र त्यसले नै अधिकारिकता निर्धारण गर्छ।"
यसअघि माघ महिनामा तत्कालीन अध्यक्ष तुलसी घिमिरे र उपाध्यक्ष रुपेश खड्काको कार्यकालमा केन्द्रीय कमिटीले सचिव वीरेन्द्र घिमिरेलाई संयोजक बनाएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: