Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा स्थान छैन: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठक लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो। उत्पादन सघर्षमा सिँगो पार्टी केन्द्रित नभइ समाजवाद सम्भव हुँदैन' ।

अध्यक्ष‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टी प्रति को भरोसा कमजोर बनेको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याए। उनले भने 'हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रकृयामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण तेस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ। अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ।'

उनले हेटौंडा महाधिवेशनले लिएको “युद्ध होइन, उत्पादन संघर्ष” भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए ।

अध्यक्ष प्रचण्डले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रूण हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए।

सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाका विरूद्व शुसासन,  सामाजिक न्याय र समृद्विको लडाई लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र (दलाल, नोकरशाही र बिचौलिया)संगै रहन नसक्ने बताए।

उनले भने, “दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन।  तेस्ता प्रवृति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन । माओवादी केन्द्र नै नेपालको रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना बोकेको पार्टी हो।”

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकमा पार्टी उपाध्यक्ष बहादुर पुन ‘पासाङ’ले विभाग र संयन्त्रको अवधारणा र केन्द्रीय सदस्य सरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा एमाले–नेकपाको सरकार गठनको नयाँ मोडेल: मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ प्रणाली

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...

महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...

मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...

सुनसरी र सिरहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...

विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजीमा प्रहरी

रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending