सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाकै लगातार दोस्रो पटक उत्कृष्ट भएको छ । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी अङ्क ८४ दशमलव ५० प्राप्त गर्दै सोलुदूधकुण्ड जिल्लाको उत्कृष्ट बनेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कन (लिसा) मा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका जिल्लाको पहिलो स्थानीय तह भएको उल्लेख गरिएको छ ।
शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको लिसामा नगरपालिकाले अघिल्लो वर्षसमेत प्रथम स्थान हासिल गरेको थियो ।
विभिन्न १० वटा बिषयक्षेत्र समेटेर तयार गरिने नतिजामा सङ्घीय मामिला मन्त्रालयले तय गरेको मापदण्ड अनुरूप काम गरेकाले नगपालिका उत्कृष्ट भएको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए। यस नतिजाले नगरपालिकार्लाइ कार्य सम्पादनमा थप हौसला मिलेको उनको भनाइ छ ।
त्यस्तै, लिखुपिके गाउँपालिकाले ७९ दशमलव ७५ अङ्कसहित दोस्रो, नेचासल्यान गाउँपालिकाले ७९.२५ अङ्क प्राप्त गरी तेस्रो भएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले ७९ अङ्क प्राप्त गरेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका ७८ अङ्क, माप्य दूधकोशी गाउँपालिकाले ६७ दशमलव ५० अङ्क, महाकुलुङ गाउँपालिका ५८ दशमलव ५७ अङ्क प्राप्त गरेको छ भने सोताङ गाउँपालिका ५२ दशमलव २५ अङ्कका साथ अन्तिम स्थानमा छ ।
स्थानीय तहहरूको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन साथै सहकार्य र समन्वय लगायतमा मूल्याङ्कन गर्ने गरिन्छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको हरेक आर्थिक वर्षमा स्वमूल्याङ्कन गर्ने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: