Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मिक्लाजुङ अस्पताललाई ल्याब उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

खबरडबली संवाददाता

मोरङ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

शनिबार मिक्लाजुङमा सम्पन्न मधुमल्ला बाल अस्पतालको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन सँग सम्झौता भएका एक सय ल्याबमध्ये एउटा ल्याब मिक्लाजुङ अस्पताललाई दिने घोषणा गरेका हुन् । उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई सरकारको प्राथमिकता भएको उल्लेख गर्दै मधुमल्ला अस्पतालले दिइरहेको गुणस्तरीय सेवाप्रति प्रशंसा गरे  ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिए। आवश्यक उपकरण र सामग्री तयारी भइसकेकाले सेवा चाँडै सञ्चालन हुने उनको भनाइ थियो। त्यस्तै, उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अघि बढिरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा मधुमल्ला अस्पतालका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो। संघीय मन्त्रालय र गाउँपालिकाको संयुक्त अनुदानमा करिब १ करोड ९८ लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण भएको बालमैत्री अस्पताल भवन हस्तान्तरणसँगै स्थानीय स्तरमा स्वास्थ्य सेवा सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, शनिबार नै अस्पतालले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ३४६ जनाको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको अस्पतालले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending