हुम्ला । पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको चोयाबाट बनाइने डोकोडालो लोप हुँदै गएको छ। यहाँ जङ्गबाट घाँसदाउरा, हाटबजारबाट चामल, नुन, तेललगायत दैनिक खाद्यसामग्री बोक्न प्रयोग गरिने डोकोडालो लोप हुँदै गएको हो।
खेतबारीको मल बोक्नदेखि हाटबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पिठ्युँमा बोक्न प्रयोग हुने गरेको निगालोको डोको हराउँदै गएको अदानचुली गाउँपालिका-२ का भ्याल महताराले बताए।
उनले भने, ‘पहिला गाउँ नजिक बजार थिएनन्, दैनिक खाद्यान्नका सामग्री दुई-चार दिन पैदल हिडेर ल्याउनु पथ्र्यो, त्यसका लागि डोको आवश्यक हुन्थ्यो। अहिले गाउँबस्तीमा गाडी पुगेपछि डोकोसँगै डोको बुन्ने सीप पनि लोप हुँदै गएको छ।’
पहिले गाउँमा सबैले अर्गानिक खेती गर्ने, वल बोक्ने, जङ्लबाट स्याउला ल्याउनेलगायत काममा डोकोडालोको प्रयोग हुने गरेको महताराले अनुभव सुनाए। ‘त्यसका लागि ठूलाठूला डोकोडालो बुन्ने गरिन्थ्यो। अहिले गाउँमा गाडी गुड्न थालेपछि डोकोडालो बुन्ने सीपसँगै यो व्यवसाय पनि विस्तारै लोप हुँदै गएको छ’, उनले भने।
सडकसँगै यातायातका साधन विस्तार गएपछि डोकोमा बोक्ने सामान सवारीमार्फत ढुवानी हुन थालेको बताउँदै ज्येष्ठ नागरिकका सीमित सीप पुस्तान्तरण नहुँदा डोको बुन्ने व्यवसाय लोप हुँदै गएको सर्केगाड गाउँपालिका-२ का जङ्ग फडेराले बताए।
काठ तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्नु, कच्चा पदार्थको अभाव हुनु, पुस्तान्तरण हुन नसक्नुलगायत कारणले हुम्लाका ग्रामीण भेगमा परम्परागत रूपमा प्रयोग गरिँदै आइएका डोका, खार्या, डाला, थुन्से, छाप्री, पाथो, टोपी, सुपो र भकारी लोप हुँदै गएका फडेराको भनाइ छ।
सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने ती सामग्री पछिल्लो समय लोप हुँदै गएका भन्दै उनले चिन्ता व्यक्त गरे। सीप जानेका व्यक्तिले पुस्तौँदेखि डोका, डाला बुनेर गाउँमा बिक्री गरी आफ्नो जीविकोपार्जन गर्दै आएकामा पछिल्लो समय यसको प्रयोग घटेपछि व्यवसाय सङ्कटमा परेको फडेराले गुनासो गरे।
पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा कच्चा पदार्थ निगालो अभाव हुँदा यो व्यवसाय लोप हुँदै गएको स्थानीय बताउँछन्। जेनतेन जङ्गलबाट निगोलो ल्याएर चोया काटी बनाइएका डोकोडालोसमेत बिक्री हुन छोडेका उनीहरूको भनाइ छ।
एक दशकअघिसम्म ग्रामीण भेगका स्थानीयले बाँस र निगालोबाट डोको, डालोलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बनाएर बिक्री गरी प्रशस्त आम्दानी गर्दै आएका स्थानीय फडेराले बताए।
उनले गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्नेको सङ्ख्या पनि घट्दै गएको बताउँदै निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई ५ सयदेखि ८ सयसम्म पर्ने जानकारी दिए। डोकोडालोको प्रयोग गर्ने समयमा यो व्यवसायबाट जिल्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकासम्म पुर्याउँदा मूल्य दोब्बर उठ्ने गरेको अनुभव फडेराको छ।
युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित हुन थालेपछि पाका पुस्ताले समालेको यो पेसा समय लोप हुँदै गएको उनको भनाइ छ। यस्ता परम्परागत सीप संरक्षण र प्रवर्द्धनका लागि स्थानीय सरकारले सीपमूलक तालिम दिने, स्वरोजगारका अवसर सृजना गरी युवालाई स्थानीयस्तरमा आकर्षित गर्ने योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - ०७:३७
काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...
फाल्गुन २९ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...
फाल्गुन २९ गते, २०८२ - ०७:२२
काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...
फाल्गुन २९ गते, २०८२ - ०७:२१
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...
फाल्गुन २९ गते, २०८२ - ०७:१९
मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...
फाल्गुन २९ गते, २०८२ - ०७:१५
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...
फाल्गुन २९ गते, २०८२ - ०७:१४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्। नि...
फाल्गुन २९ गते, २०८२ - ०७:०८
काठमाडौँ । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले स...
फाल्गुन २८ गते, २०८२ - ०८:२०
गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...
फाल्गुन २८ गते, २०८२ - ०८:१५
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...


प्रतिकृया लेख्नुहोस्: