म्याग्दी । म्याग्दीमा अरिंगाललको परिकार पाहुनाको रोजाइमा परेको छ। होटललाई अरिंगाललको माग धान्न र पुर्याउन हम्मे परेको छ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खायाममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिंगालल हुने गरेको बताए।
‘स्थानीय मात्र नभएर अरिंगाललको स्वाद लिन छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउन थालेका छन्,’ उनले भने, ‘स्वादिलो र तागतिलो हुने भएकाले अरिंगाललको उपभोग बढेको छ।’ थापाले सञ्चालन गरेको होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिंगालल बिक्री हुन्छ।
प्रतिप्लेट फ्राई अरिंगाललको मूल्य ६०० देखि ७५० रुपैयाँसम्म पर्छ। अग्ला रुखमा चढेर शिकारीले अरिंगाललको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन्। फ्राई गरेको अरिंगाललको लार्भा शक्तिवर्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ।
खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिंगाललको गोला बेच्न बेनीमा ल्याउँछन्। सिङ्गा, बरङ्जा, कुहुँको अरिंगालल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिंगालल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ।
गोलासहितको एक किलो अरिंगालल तीन हजारदेखि तीन हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको अरिंगालल शिकारी तमबहादुर पुनले बताए। अरिंगालल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्।
बेनी-६ जामुनाखर्कमा व्यवसायिक रूपमा अरिंगालल पालेका अशोक र गीता पाइजा शाहीले माग धान्न नसकेको बताए। गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेका छन्।
एक गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ। प्रत्येक दुई-दुई महिनामा लार्भा निकाल्न सकिन्छ। जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगाललका लार्भा कात्तिकसम्म व्यापार हुन्छ।
अरिंगालल पाल्नु र शिकार गर्नु सजिलो काम होइन। रुखको टुप्पा, भिरमा हुने अरिंगालल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ। अरिंगालल रिसाएर टोके ज्यानै जान पनि सक्छ। अरिंगालल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ। रातो र कालो जातका अरिंगालल हुन्छन्।
आगोले गोला पोलेर शिकार गर्दा अरिंगालल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते हुने वा ज्यान जाने जोखिम पनि उत्तिकै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: