भोजपुर । अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन्। फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्ने लगायतका रोग देखिदा किसानको श्रम र लगानी जोखिममा परेको छ।
लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन्। करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट गरेपछि अन्य बाली लगाउनु परेको भोजपुर नगरपालिका-५ का किसान धनबहादुर थापाले बताए।
‘यो वर्ष खुर्सानीमा रोगको जोखिम बढेको छ,’ उनले भने, ‘एउटै बोटमा एकैसाथ धेरै खालका रोग देखिएपछि हामी किसान चिन्तामा परेका छौं। फल लागेको खुर्सानी डाठ कुहिएर मरेपछि बगान सखाप भयो, अब अन्य बाली लगाउन थालेको छु।’
थापा जस्तै व्यवसायिक रूपमा खेती गरिरहेका गाउँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन्। स्थानीय कृषक गीता बिष्टका अनुसार खुर्सानीमा फलमा डढुवा लाग्ने, किरा लाग्ने, पात कुप्रो हुने, डाठ कुहिने र बोट पहेलो हुने समस्या देखिएको छ।
‘खुर्सानीमा रोग देखिएको कारण हामी किसान समस्यामा परेका छौं,’ उनले भने, ‘बारीमा भएका प्राय सबै बोटमा रोग लागेको छ। बजार लैजाने अवस्थाको खुर्सानीमा रोग देखिएपछि बगान नै सखाप भएको छ। फल डढुवा लाग्ने रोगले सबैभन्दा बढी क्षति गरेको छ।’
रोगले क्षति पुगेको खुर्सानी किसानले उखालेर नष्ट गर्न थालेका छन्। एउटा बोटमा देखिएको रोग केही दिनमै अन्य बोटमा फैलिने गरेको किसानको अनुभव छ। करिब एक हजार ५०० बोट खुर्सानी लगाएकोमा आधाभन्दा बढी बोट रोगले पूर्ण रूपमा नष्ट भएको कृषक बिष्टले बताए।
पछिल्लो समय जिल्लामा व्यवसायिक रूपमा खुर्सानी खेती गर्ने किसानको संख्या बढिरहेको छ। तर, रोग-किराको जोखिमले यो वर्ष उत्पादन घट्ने अवस्था रहेको किसानको अनुमान छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: