Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

लिपुलेकबारे भारतको प्रतिक्रिया- नेपालको आधारहीन नक्सा स्वीकार्य हुँदैन

खबरडबली संवाददाता

काठमाडौं । लिपुलेक नाका पुनः सञ्चालन गर्ने भारत र चीनबीच भएको सहमतिपछि नेपालले सार्वजनिक रूपमा चासो व्यक्त गरेपछि भारतले तत्काल प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रलाई लिएर नेपालको आधिकारिक नक्सा "आधारहीन" रहेको दाबी गरेको छ।

भारतका विदेश मन्त्रालय प्रवक्ता रणधीर जयसवालको भनाइ उद्धृत गर्दै जारी गरिएको वक्तव्यमा भनिएको छ, “लिपुलेक नाका हुँदै भारत र चीनबीचको सीमा व्यापार १९५४ देखि सञ्चालनमा रहँदै आएको हो। केही वर्ष यता कोभिड र अन्य कारणले व्यापार अवरुद्ध भए पनि अहिले पुनः सुरु गर्ने सहमति भएको हो।"

भारतले नेपालले प्रकाशित गरेको नक्सालाई "कृत्रिम विस्तार" को संज्ञा दिँदै खारेज गरेको छ। वक्तव्यमा भनिएको छ, “सीमा दाबीहरू न त उचित छन्, न त ऐतिहासिक प्रमाणमा आधारित। भारत सधैं संवाद र कूटनीतिक माध्यमबाट बाँकी सीमा मुद्दाहरू समाधान गर्न नेपालसँग संवाद गर्न तयार छ।”

यो प्रतिक्रिया चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणको भोलिपल्ट आएको हो। भ्रमणका क्रममा भारत-चीनबीच लिपुलेक, सिप्की ला र नाथुला नाकाबाट सीमा व्यापार पुनः सुरु गर्ने विषयमा सहमति भएको थियो, जसको जानकारी भारतले सार्वजनिक गरेको १२ बुँदे विज्ञप्तिको नवौँ बुँदामा उल्लेख छ।

यसअघि नेपाल सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको पुनः पुष्टि गर्दै भारतलाई सो क्षेत्रमा कुनैपनि गतिविधि नगर्न आग्रह गरेको थियो। 

परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा नेपालले आफ्ना आधिकारिक नक्सामा समावेश क्षेत्रबारे भारत र चीन दुबैलाई जानकारी गराइसकेको स्पष्ट उल्लेख थियो।

नेपालको उक्त प्रतिक्रिया सार्वजनिक भएको केही घण्टामै भारतले आधिकारिक रूपमा जवाफ दिएको हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending