काठमाडौं । लिपुलेक नाका पुनः सञ्चालन गर्ने भारत र चीनबीच भएको सहमतिपछि नेपालले सार्वजनिक रूपमा चासो व्यक्त गरेपछि भारतले तत्काल प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रलाई लिएर नेपालको आधिकारिक नक्सा "आधारहीन" रहेको दाबी गरेको छ।
भारतका विदेश मन्त्रालय प्रवक्ता रणधीर जयसवालको भनाइ उद्धृत गर्दै जारी गरिएको वक्तव्यमा भनिएको छ, “लिपुलेक नाका हुँदै भारत र चीनबीचको सीमा व्यापार १९५४ देखि सञ्चालनमा रहँदै आएको हो। केही वर्ष यता कोभिड र अन्य कारणले व्यापार अवरुद्ध भए पनि अहिले पुनः सुरु गर्ने सहमति भएको हो।"
भारतले नेपालले प्रकाशित गरेको नक्सालाई "कृत्रिम विस्तार" को संज्ञा दिँदै खारेज गरेको छ। वक्तव्यमा भनिएको छ, “सीमा दाबीहरू न त उचित छन्, न त ऐतिहासिक प्रमाणमा आधारित। भारत सधैं संवाद र कूटनीतिक माध्यमबाट बाँकी सीमा मुद्दाहरू समाधान गर्न नेपालसँग संवाद गर्न तयार छ।”
यो प्रतिक्रिया चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणको भोलिपल्ट आएको हो। भ्रमणका क्रममा भारत-चीनबीच लिपुलेक, सिप्की ला र नाथुला नाकाबाट सीमा व्यापार पुनः सुरु गर्ने विषयमा सहमति भएको थियो, जसको जानकारी भारतले सार्वजनिक गरेको १२ बुँदे विज्ञप्तिको नवौँ बुँदामा उल्लेख छ।
यसअघि नेपाल सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको पुनः पुष्टि गर्दै भारतलाई सो क्षेत्रमा कुनैपनि गतिविधि नगर्न आग्रह गरेको थियो।
परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा नेपालले आफ्ना आधिकारिक नक्सामा समावेश क्षेत्रबारे भारत र चीन दुबैलाई जानकारी गराइसकेको स्पष्ट उल्लेख थियो।
नेपालको उक्त प्रतिक्रिया सार्वजनिक भएको केही घण्टामै भारतले आधिकारिक रूपमा जवाफ दिएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: