Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

जेलेन्स्कीद्वारा ‘युक्रेनी बालबालिकाको अपहरण’ मुद्दा उठाएकोमा अमेरिकी प्रथम महिलालाई धन्यवाद

खबरडबली संवाददाता

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘शान्ति पत्र’ लेख्दै ‘युक्रेनी बालबालिकाको अपहरण’ को मुद्दा उठाएकोमा धन्यवाद दिएको छन् । 

आफ्नो कृतज्ञता व्यक्त गर्दै उहाँले युद्धमा सबै कैदीहरूको आदानप्रदानका लािग सँग वार्ता गर्न काम गर्ने बताए । “म फ्लोटस (फस्र्ट लेडी अफ द युनाइटेड स्टेट्स)० मेलानिया ट्रम्पलाई यस युद्धको सबैभन्दा पीडादायी र कठिन मुद्दामध्ये एक(रुसले युक्रेनी बालबालिकाहरूको अपहरण(मा ध्यान दिएकोमा धन्यवाद दिन चाहन्छु”, उहाँले मङ्गलबार एक्समा पोस्ट गर्दै लेखेको छन्, “हामी उहाँको करुणा र पुटिनलाई लेखिएको पत्रको गहिरो कदर गर्दछौँ । यो मुद्दा युद्धको मानवीय त्रासदीको मुटुमा छ(हाम्रा बालबालिकाहरू, टुटेका परिवार, अलगावको पीडा । कम्तिमा २० हजार बालबालिकालाई लगिएको छ । मैले राष्ट्रपति ट्रम्पलाई युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काबाट मेलानियालाई कृतज्ञता पत्र पठाउन आग्रह गरेको छु । उहाँको आवाज महत्वपूर्ण छ, र उनको हेरचाहले यस उद्देश्यलाई शक्ति दिन्छ ।”

जेलेन्स्कीले प्रत्येक बालबालिकालाई घर ल्याउने दिशामा अथक प्रयास गरिरहेको बताए । उनले भने, “यही कुरा हाम्रा युद्धबन्दीहरू र सन् २०१४ देखि रुसमा अत्यन्त खराब अवस्थामा राखिएका नागरिकहरूका लागि पनि लागू हुन्छ । हजारौँ मानिस अझै पनि मुक्त हुन आवश्यक छ(र यो शान्ति निर्माणको एउटा हिस्सा हो । हामी सबै युद्धबन्दीहरूको आदानप्रदानका लागि रूसँग वार्ता गर्नेछौँ र मद्दत गर्ने बलिया साथीहरू पाएकोमा आभारी छौँ ।”

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टको जवाफमा पनि टिप्पणी गरे। मङ्गलबार ट्रम्पले उहाँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन ‘बेपत्ता बालबालिकाहरूको विशाल विश्वव्यापी समस्या’ बारे छलफल गरिरहेको बताएको थिए । ट्रम्पले यस विषयलाई प्राथमिकता भएको बताउँदै विश्वले बालबालकाहरूलाई परिवारमा फर्काउन काम गर्ने आशा व्यक्त गरे।

ट्रम्पले ट्रुथ सोसलमा लेखेको छन्, “युरोपेली आयोगकी सम्मानित अध्यक्ष उर्सुला भोन डेर लेयन र मैले बेपत्ता बालबालिकाहरूको ठूलो विश्वव्यापी समस्या बारे छलफल गर्यौँ । मेरी श्रीमती मेलानियासँग पनि यो ठूलो विषय हो । यो सबै सूचीको शीर्षमा रहेको विषय हो र विश्वले यसलाई समाधान गर्न सँगै काम गर्नेछ, आशा छ उनीहरूलाई परिवारमा फर्काउन सकिन्छ १”

अगस्ट १५ मा मेलानिया ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई पत्र लेख्दै बालबालिका र भावी पुस्ताको सुरक्षाका लागि ‘यो समय हो’ भनेर आग्रह गरेकी गरेको थिए । पत्रमा भनिएको थियो, “यस्तो साहसी विचारले सबै मानवीय विभाजनलाई पार गर्छ ।” यसअघि राष्ट्रपति जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका लागि युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काको पत्र राष्ट्रपति ट्रम्पलाई उपहार दिएको थिए।

यो विकास डोनाल्ड ट्रम्प, युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपतिबिचको बहुपक्षीय बैठकपछि भएको हो । सप्ताहन्तमा ट्रम्प र पुटिनबिच भेट भएको थियो । त्यसपछि जेलेन्स्कीले ट्रम्पसँग भेट गरेको थिए। युरोपेली नेताहरू पनि वासिङ्टनमा युक्रेनसँग एकता देखाउन र युद्धपछिका सम्झौतामा बलियो सुरक्षा ग्यारेन्टीको वकालत गर्न आएका थिए ।

बैठकमा डोनाल्ड ट्रम्प, भोलोदिमर जेलेन्स्की, बेलायती प्रधानमन्त्री किर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रेडरिक मेर्ज, फिनल्यान्डका अलेक्जान्डर स्टब, नाटो महासचिव मार्क रुट र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन सहभागी थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कप: सन्दीपको सात विकेटसँगै बागमतीको सानदार जित

काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सा...

सर्वोच्च अदालतद्वारा केसी र अर्यालविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेकपा एमालेकी पद्मा अर्याल विरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। ...

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचन प्रक्रियामा बादल एक्लो...

कम्बोडियाबाट एक महिनामा १२७ नेपालीको उद्धार

काठमाडौं । पछिल्लो एक महिनामा कम्बोडिया बाट १२७ जना नेपालीको उद्धार गरिएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनी का अनुसार उ...

बादल एमाले संसदीय दलको नेतामा निर्विरोध चयन हुँदै, नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन सकेनन्

काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध रूपमा चयन हुने भएका छन्। संसदीय दलको नेताका लागि उपाध्यक्ष बादल र सुहाङ न...

नेप्से परिसूचकमा ७४ अङ्कको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरा...

कांग्रेसले अनुशासन उल्लंघन गर्ने व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण माग्ने

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण र सफाइ बुझाउन निर्देशन दिएको छ। मंगलबार पार्टी केन्द्री...

एमाले संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नहुँदा निर्वाचन...

रवि लामिछाने तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको मुद्दामा पर्सा जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन्। आ...

प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending