Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

जेलेन्स्कीद्वारा ‘युक्रेनी बालबालिकाको अपहरण’ मुद्दा उठाएकोमा अमेरिकी प्रथम महिलालाई धन्यवाद

खबरडबली संवाददाता

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘शान्ति पत्र’ लेख्दै ‘युक्रेनी बालबालिकाको अपहरण’ को मुद्दा उठाएकोमा धन्यवाद दिएको छन् । 

आफ्नो कृतज्ञता व्यक्त गर्दै उहाँले युद्धमा सबै कैदीहरूको आदानप्रदानका लािग सँग वार्ता गर्न काम गर्ने बताए । “म फ्लोटस (फस्र्ट लेडी अफ द युनाइटेड स्टेट्स)० मेलानिया ट्रम्पलाई यस युद्धको सबैभन्दा पीडादायी र कठिन मुद्दामध्ये एक(रुसले युक्रेनी बालबालिकाहरूको अपहरण(मा ध्यान दिएकोमा धन्यवाद दिन चाहन्छु”, उहाँले मङ्गलबार एक्समा पोस्ट गर्दै लेखेको छन्, “हामी उहाँको करुणा र पुटिनलाई लेखिएको पत्रको गहिरो कदर गर्दछौँ । यो मुद्दा युद्धको मानवीय त्रासदीको मुटुमा छ(हाम्रा बालबालिकाहरू, टुटेका परिवार, अलगावको पीडा । कम्तिमा २० हजार बालबालिकालाई लगिएको छ । मैले राष्ट्रपति ट्रम्पलाई युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काबाट मेलानियालाई कृतज्ञता पत्र पठाउन आग्रह गरेको छु । उहाँको आवाज महत्वपूर्ण छ, र उनको हेरचाहले यस उद्देश्यलाई शक्ति दिन्छ ।”

जेलेन्स्कीले प्रत्येक बालबालिकालाई घर ल्याउने दिशामा अथक प्रयास गरिरहेको बताए । उनले भने, “यही कुरा हाम्रा युद्धबन्दीहरू र सन् २०१४ देखि रुसमा अत्यन्त खराब अवस्थामा राखिएका नागरिकहरूका लागि पनि लागू हुन्छ । हजारौँ मानिस अझै पनि मुक्त हुन आवश्यक छ(र यो शान्ति निर्माणको एउटा हिस्सा हो । हामी सबै युद्धबन्दीहरूको आदानप्रदानका लागि रूसँग वार्ता गर्नेछौँ र मद्दत गर्ने बलिया साथीहरू पाएकोमा आभारी छौँ ।”

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टको जवाफमा पनि टिप्पणी गरे। मङ्गलबार ट्रम्पले उहाँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन ‘बेपत्ता बालबालिकाहरूको विशाल विश्वव्यापी समस्या’ बारे छलफल गरिरहेको बताएको थिए । ट्रम्पले यस विषयलाई प्राथमिकता भएको बताउँदै विश्वले बालबालकाहरूलाई परिवारमा फर्काउन काम गर्ने आशा व्यक्त गरे।

ट्रम्पले ट्रुथ सोसलमा लेखेको छन्, “युरोपेली आयोगकी सम्मानित अध्यक्ष उर्सुला भोन डेर लेयन र मैले बेपत्ता बालबालिकाहरूको ठूलो विश्वव्यापी समस्या बारे छलफल गर्यौँ । मेरी श्रीमती मेलानियासँग पनि यो ठूलो विषय हो । यो सबै सूचीको शीर्षमा रहेको विषय हो र विश्वले यसलाई समाधान गर्न सँगै काम गर्नेछ, आशा छ उनीहरूलाई परिवारमा फर्काउन सकिन्छ १”

अगस्ट १५ मा मेलानिया ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई पत्र लेख्दै बालबालिका र भावी पुस्ताको सुरक्षाका लागि ‘यो समय हो’ भनेर आग्रह गरेकी गरेको थिए । पत्रमा भनिएको थियो, “यस्तो साहसी विचारले सबै मानवीय विभाजनलाई पार गर्छ ।” यसअघि राष्ट्रपति जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका लागि युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काको पत्र राष्ट्रपति ट्रम्पलाई उपहार दिएको थिए।

यो विकास डोनाल्ड ट्रम्प, युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपतिबिचको बहुपक्षीय बैठकपछि भएको हो । सप्ताहन्तमा ट्रम्प र पुटिनबिच भेट भएको थियो । त्यसपछि जेलेन्स्कीले ट्रम्पसँग भेट गरेको थिए। युरोपेली नेताहरू पनि वासिङ्टनमा युक्रेनसँग एकता देखाउन र युद्धपछिका सम्झौतामा बलियो सुरक्षा ग्यारेन्टीको वकालत गर्न आएका थिए ।

बैठकमा डोनाल्ड ट्रम्प, भोलोदिमर जेलेन्स्की, बेलायती प्रधानमन्त्री किर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रेडरिक मेर्ज, फिनल्यान्डका अलेक्जान्डर स्टब, नाटो महासचिव मार्क रुट र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन सहभागी थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending