नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन भ्रमण गर्ने भएको छन् । उनको भ्रमणबारे मङ्गलबार नयाँदिल्लीमा चीनका विदेशमन्त्री वाङ यीसँग भएको वार्ताका क्रममा भारतका सुरक्षा प्रमुख अजित डोभालले जानकारी दिएको हो ।
मोदीले अगस्ट ३१ मा तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछन् । यो सन् २०१८ पछि उनको पहिलो चीन भ्रमण हुने छ । बैठकको सुरुमा डोभालले ‘प्रधानमन्त्रीको भ्रमणले भारत-चीन कूटनीतिक सम्बन्धमा नयाँ ऊर्जा दिने छ’ भन्दै टिप्पणी गरेको थिए।
एससिओ शिखर सम्मेलनमा मोदीको सहभागितालाई चीनले ‘विशेष महत्व दिने’ बताउँदै वाङ यीले भने, “स्वस्थ र स्थिर चीन-भारत सम्बन्धले दुवै देशको मौलिक र दीर्घकालीन हितमा काम गर्छ भन्ने कुरा इतिहास र वास्तविकताले फेरि प्रमाणित गरेको छ ।” वाङ यीले मङ्गलबारपछि मोदीलाई प्रत्यक्ष भेट्ने कार्यक्रम रहेको छ ।
विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या रहेका दुई मुलुक लामो समयदेखि दक्षिण एसियामा प्रभावका लागि प्रतिद्वन्द्वी रहँदै आएका छन् । सन् २०२० मा तिनीहरूबीच घातक सीमा द्वन्द्व समेत भएको थियो । भारत हाल संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानसँगको ‘क्वाड सुरक्षा गठबन्धन’ को सदस्य छ । क्वाडलाई चीनविरुद्धको कदमको रूपमा हेरिन्छ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले उत्पन्न गरेको विश्वव्यापी व्यापार र भू-राजनीतिक उथलपुथलबीच भारत र चीन दुवैले सम्बन्ध सुधारतर्फ ध्यान दिएका छन् । सोमबार भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँगको वार्तामा वाङ यीले भनेको थिए, “हामीले एकअर्कालाई विरोधी वा खतराको रूपमा नभई साझेदार र अवसरका रूपमा हेर्नुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: