काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सोमबारदेखि राजधानीमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन् “यो मानव सभ्यताका खिलाफको साझा समस्या हो । यसले कुनै देश, भूगोल, राजनीतिक दललाई चिन्दैन । यही हिसाबले यसको समाधान खोज्नुपर्छ । यसका लागि सबैको साझा प्रयास जरुरी छ ।”
मन्त्री डा। राणाले भनिन् “हामी यस्तो समयमा भेला भएका छौँ कि जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको छ । अब सबैले राष्ट्रिय एजेन्डाका रुपमा कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्दछ ।”
उनले हाम्रा सामु खडा भएका जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट गर्दै यो दायित्व सबैको हो भनेर लाग्नुपर्ने बताइन्।
विश्व मौसम विज्ञान सङ्गठनको हालैको एक प्रतिवेदनमा पृथ्वीको तापक्रम वर्षमा १।५ डिग्री सेल्सियसले वृद्धि भएको प्रसङ्ग उल्लेख गर्दै यो गम्भीर जोखिमको अवस्थामा सुधार ल्याउन तीव्र उत्सर्जन कटौती, दीर्घकालीन लागत न्यूनीकरण र दिगो विकास लक्ष्यहरूको प्राप्ति अपरिहार्य रहेकोमा पनि उनले जोड दिइन्।
मन्त्री डा। राणाले अन्तर्राष्ट्रिय न्यायालयको हालैको मतले जलवायु संरक्षण गर्ने, उत्सर्जन घटाउने, यसका गम्भीर प्रभावहरूसँग जुध्ने र सीमापार हानि रोक्ने काम राज्यहरूको कानुनी कर्तव्य रहेको स्पष्ट गरेको बताउनुभयो । भारत, पाकिस्तान र नेपालमा हालै आएको बाढीले धेरैको ज्यान लिएको, पूर्वाधारहरु नष्ट पारेको र धेरैलाई अझै बेपत्ता बनाएको बताउँदै यसले सबैभन्दा गम्भीर असर हिन्दुकुश हिमालय क्षेत्रमा परिरहेको पनि स्पष्ट गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...
पौष १३ गते, २०८२ - १४:०७
धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...
पौष १३ गते, २०८२ - १३:५७
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...
पौष १३ गते, २०८२ - १३:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...
पौष १३ गते, २०८२ - १३:४४
बैङ्कक। थाइल्यान्ड र कम्बोडियाले विवादित सीमाक्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसो...
पौष १३ गते, २०८२ - १३:२७
महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...
पौष १३ गते, २०८२ - १२:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...
पौष १३ गते, २०८२ - १२:०२
हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...
पौष १३ गते, २०८२ - १०:५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...
पौष १३ गते, २०८२ - १०:४५
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...




प्रतिकृया लेख्नुहोस्: