काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीचमा उच्च स्तरको सहमतिसहित गठबन्धन बनेकाले अस्थिरताका रोगीहरू छट्पटिएको आरोप लगाएका छन् ।
सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन्।
महासचिव पोखरेलले सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउने अस्थिरताका लागि विचित्रको रोग लागेको बताए। ‘दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ,’ उनले भने, ‘तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाइरहेका छन्। उनीहरू अस्थिरताका रोगी हुन्।’
सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानुन नल्याउने महासचिव पोखरेलले स्पष्ट पारेका छन्। उनले सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्न मिडिया काउन्सिल विधेयक ल्याइन लागेका बताए। ‘संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानुन बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ,’ पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानुन बन्दैन।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...
पौष १३ गते, २०८२ - १४:०७
धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...
पौष १३ गते, २०८२ - १३:५७
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...
पौष १३ गते, २०८२ - १३:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...
पौष १३ गते, २०८२ - १३:४४
बैङ्कक। थाइल्यान्ड र कम्बोडियाले विवादित सीमाक्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसो...
पौष १३ गते, २०८२ - १३:२७
महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...
पौष १३ गते, २०८२ - १२:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...
पौष १३ गते, २०८२ - १२:०२
हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...
पौष १३ गते, २०८२ - १०:५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...




प्रतिकृया लेख्नुहोस्: