उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित स्कुस दैनिक रु १० हजारको हाराहारीमा कारोबार हुन थालेको छ ।
खाँबुका स्कुस उत्पादक किसान टङ्कबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि यहाँ उत्पादित स्कुस गाईघाट बजार क्षेत्रमा बिक्री गर्न सुरु भएको हो ।
खाँबुका अर्का किसान देवराज खत्रीले पनि अहिले गाईघाट, देउरी, बगाहासहित सिरहा क्षेत्रबाट स्कुस खरिद गर्न व्यापारी आउने गरेकाले दैनिक रु १० हजारभन्दा बढीको बिक्री सुरु गरेको बताए । साउन अन्तिम सातासम्ममा दैनिक रु १० देखि २० हजारसम्ममा स्कुस गाउँघरबाट बिक्री हुन थालेको उनले जानकारी दिए ।
गाईघाट सब्जी बजारका व्यापारी कुमारी कटुवालका अनुसार अहिले पहाडी क्षेत्रमा स्कुस प्रतिकिलो रु ३० देखि रु ४० पर्ने गरेको जनाउँदै व्यापारीले रु ६० प्रतिकिलोका दरले बिक्री गर्दै आएका बताए ।
अहिले गाईघाटमा जिल्ला बाहिरबाट आयातित सब्जी दोब्बर महँगोमा व्यापारीले बिक्री गर्ने गरेकामा यहाँकै ताजा र हरियो स्कुस उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् ।
गाईघाट बोक्सेकी उपभोक्ता सम्झना बस्नेतले भने, “व्यापारीले जिल्ला बाहिरबाट सडेगलेका तथा विषादीयुक्त सब्जी सस्तोमा खरिद गरेर महँगोमा बिक्री गरिरहेका बेला जिल्लाकै पहाडी क्षेत्रको अग्र्यानिक स्कुस किनेर खान पाइएका छौँ । यसले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन भने खर्च पनि कम भएको छ ।”
उपभोक्ताले पनि जिल्लाका साउने, खाँबु र रौता पहाडी क्षेत्रमा उत्पादन भएको स्कुस बढी मन पराउने भएकाले बजारमा यसको माग बढी हुने किसान बताउँछन् ।
प्रत्येक वर्ष यस क्षेत्रमा उत्पादित स्कुस साउन तेस्रो सातादेखि बिक्री सुरु भएर भदौमा सबैभन्दा बढी खपत हुने व्यापारी प्रेम मगरले जानकारी दिनुभयो । गत वर्ष भदौभरि आफूले लाखौँको स्कुस बिक्री गरेको बताउँदै उनले यसपटक पनि सोही तुलनामा बिक्री हुने विश्वास व्यक्त गरे ।
त्रियुगा नगरपालिकाको पहाडी क्षेत्रको साउने, खाँबु, डहर र रौता क्षेत्रको रौता, मलबासे, आपटार क्षेत्रमा उत्पादन गरिएका स्कुस बर्सेनि साउन, भदौ र असोजमा सदरमुकाम गाईघाट बजारसहित जिल्ला बाहिर सप्तरीको राजबिराज, सिरहाको लाहानसम्म बिक्री हुने गरेको स्कुस उत्पादक किसानहरू बताउँछन् । एक सिजनमा कसैकसैले रु ५० हजारदेखि रु तीन लाखसम्मको स्कुस बिक्री गर्ने गरेको किसानहरू बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - २०:३३
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...
श्रावण ८ गते, २०८३ - २०:२८
काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...
श्रावण ८ गते, २०८३ - २०:०६
काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...
श्रावण ८ गते, २०८३ - १९:५७
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
श्रावण ८ गते, २०८३ - ०९:१३
‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी
श्रावण ८ गते, २०८३ - ०९:११
तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध
श्रावण ८ गते, २०८३ - ०९:०८
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...
श्रावण ८ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...
श्रावण ८ गते, २०८३ - ०९:०४
बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...



प्रतिकृया लेख्नुहोस्: