Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

तातोपानीको सडक अवरोधले नेपाल–चीन व्यापार अस्तव्यस्त

खबरडबली संवाददाता

चौतारा। सिन्धुपाल्चोकको तातोपानीमा बर्खा सुरु भएसँगै निरन्तर सडक अवरुद्ध हुँदै आएको छ । साउनको झरीले पहिरो चलेपछि सडक पूर्ण रूपमा ठप्प भएको हो । 

नेपाल–चीनबिचको उत्तरतर्फको प्रमुख व्यापारिक मार्ग ठप्प हुँदा व्यापारी मारमा परेका छन् । अर्को नाका केरुङ पनि ठप्प नै छ । अरनिको राजमार्गको कोदारी खण्डको इकोमा झरेको विशाल पहिरोले तातोपानी नाका पछिल्लो साता पूर्ण रूपमा बन्द भएको छ । चीनतर्फका छ सयभन्दा बढी कन्टेनर अहिले सीमापारका गोदाम र सडकमा रोकिएका छन् । नेपाल भित्रिएको केही सामान भन्सारसम्म ल्याइए पनि सडक बन्द भएपछि कन्टेनर खोलेर फलफूल, तरकारीलगायतका सामग्री बोकाएर ल्याउनु परेको छ ।

गत असार २४ गते रसुवागढी नाकामा आएको भीषण बाढीले बेलिब्रिज बगाएपछि केरुङ नाका पूर्ण रूपमा बन्द भएको छ । त्यसपछि व्यापारीको एक मात्र आधार तातोपानी नाका बनेकोमा यहाँ पनि एक साताअघिदेखि कोदारी–इको सडकखण्ड अवरुद्ध हुँदा दसैँलक्षित सामान रोकिएका छन् । सडक बन्द हुँदा सामान चीनमै रोकिएको नेपाल हिमालय सिमापार व्यापार सङ्घका अध्यक्ष रामहरि कार्कीले बताए। बजारमा समयमा सामान नपुग्दा अभाव हुने उनको भनाइ छ । 

सडक बन्द भएपछि फलफूल र तरकारी कन्टेनरमै कुहिन थालेका छन् । कतिपय व्यवसायीले तातोपानीका मजदुरलाई सामान बोकाएर पहिरो पार गराइरहेका छन् । भन्सार कार्यालयले अतिरिक्त समयसम्म काम गरिरहेको भए पनि सडक अवरुद्ध हुँदा सामानको छिटो ढुवानी सम्भव छैन । पैदलयात्रा गर्न पनि गाह्रो हुने अवस्थामा मजदुरले जोखिम मोलेर सामान बोकिरहेका छन् ।

तातोपानी नाका व्यापारिकसँगै धार्मिक मार्गका रूपमा पनि महìवपूर्ण रहेको छ । यही बाटो भएर भारतलगायत अन्य देशका तीर्थयात्री कैलाश मानसरोवर जाने गरेका छन् । अवरुद्ध भएपछि तीर्थयात्रीलाई समस्या परेको छ । एक जना भारतीय तीर्थयात्रीको ‘हाई अल्टिच्युड’ का कारण मृत्यु भएपछि शव लैजानसमेत स्थानीयले सहयोग गरेका छन् । पहिले पनि यस्तै कारणले चार जनाको मृत्यु भइसकेको सीमाक्षेत्र भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए। 

नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष रामहरि कार्कीको नेतृत्वमा गत साता नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई तत्काल पहल गर्न माग गरिएको थियो । सोही समयमा भोटेकोशी गाउँपालिकाले पनि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालसमक्ष सीमानाकाको सडक नियमित गर्न अनुरोध गरेको थियो । “हरेक वर्ष बर्खामा यस्तै समस्या हुन्छ तर सरकारले समयमै तयारी गर्दैन,” सङ्घका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेले भने। 

“व्यापारीको अर्बौंको सामान चीनमै अड्किएको छ । दसैँतिहार नजिकिँदै गर्दा हामीसँग कुनै विकल्प छैन,” उनले भने। सरकारले सडक तत्काल मर्मत, पहिरो व्यवस्थापन र भन्सारको क्षमता अभिवृद्धि नगर्ने हो भने हरेक वर्षको बर्खामा यस्तो सङ्कट निम्त्याउने निश्चित देखिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

नार्कमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि

नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending