मुस्ताङ। उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन कालिगण्डकी करिडोरअन्तर्गत छुसाङ–कोरला सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।
सदरमुकाम जोमसोम हुँदै कागबेनीबाट उपल्लो मुस्ताङ जाने सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ छुसाङस्थित ताङ्वे खोलामा आएको लोदो सहितको बाढीले सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले बताए।
खत्रीले भने, ‘‘यस क्षेत्रमा धेरैपटक सडक अवरुद्ध भएको छ, सामान्य बर्षामा पनि बाढी आउँदा उपल्लो क्षेत्रमा जाने यात्रुलाई सास्ती भइरहेको छ ।’’ बाढीले अवरुद्ध गरेको सडकमार्ग उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ ।
अवरुद्ध सडक पन्छाउनका लागि सम्बन्धित आयोजनालाई खबर गरिएको छ । सडकखण्डमा उपल्लो मुस्ताङबाट आएका र तल्लो क्षेत्रबाट जाने सवारीसाधन रोकिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत पर्ने कागखोला र ताङ्वे खोलामा बाढी तथा आसपासका क्षेत्रमा सुख्खा पहिरोले पछिल्लो समय उपल्लो क्षेत्र जोड्ने सडक सञ्जाल अवरुद्ध हुने गरेको छ ।
सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङको लो– घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई समस्या भएको थियो । वर्षासँगै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका ग्रामीण सडकमा समेत समस्या रहेको छ । पछिल्ला बर्षमा मुस्ताङमा समेत नियमित वर्षा हुन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: