मुस्ताङ। उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन कालिगण्डकी करिडोरअन्तर्गत छुसाङ–कोरला सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।
सदरमुकाम जोमसोम हुँदै कागबेनीबाट उपल्लो मुस्ताङ जाने सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ छुसाङस्थित ताङ्वे खोलामा आएको लोदो सहितको बाढीले सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले बताए।
खत्रीले भने, ‘‘यस क्षेत्रमा धेरैपटक सडक अवरुद्ध भएको छ, सामान्य बर्षामा पनि बाढी आउँदा उपल्लो क्षेत्रमा जाने यात्रुलाई सास्ती भइरहेको छ ।’’ बाढीले अवरुद्ध गरेको सडकमार्ग उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ ।
अवरुद्ध सडक पन्छाउनका लागि सम्बन्धित आयोजनालाई खबर गरिएको छ । सडकखण्डमा उपल्लो मुस्ताङबाट आएका र तल्लो क्षेत्रबाट जाने सवारीसाधन रोकिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत पर्ने कागखोला र ताङ्वे खोलामा बाढी तथा आसपासका क्षेत्रमा सुख्खा पहिरोले पछिल्लो समय उपल्लो क्षेत्र जोड्ने सडक सञ्जाल अवरुद्ध हुने गरेको छ ।
सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङको लो– घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई समस्या भएको थियो । वर्षासँगै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका ग्रामीण सडकमा समेत समस्या रहेको छ । पछिल्ला बर्षमा मुस्ताङमा समेत नियमित वर्षा हुन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: