Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सुरक्षाको दृष्टिले रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गरियोस् : राजेन्द्र लिङ्देन

खबरडबली संवाददाता

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्न सरकारसँग माग गरेका छन्।

चुनाव केन्द्रित कार्यक्रमका लागि भैरहवा पुगेका लिङ्देन मंगलबार जिल्ला कारागार भैरहवामा लामिछानेलाई भेट्न पुगेका थिए। भेटपछि उनले लामिछानेलाई राखिएको कारागार सुविधा र सुरक्षाको दृष्टिले अनुपयुक्त रहेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन्।

लिङ्देनले भने, "देशको एक प्रमुख दलका सभापतिलाई थुनिँदा कम्तिमा आफूले रोजेको कारागारमा राख्ने सुविधा दिनुपर्ने हो। तर सरकारले त्यो न्यूनतम अधिकारसमेत नदिएको देख्दा दुःख लागेको छ।"

सुप्रिक सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लामिछानेलाई गत चैत २५ गतेदेखि भैरहवास्थित जिल्ला कारागारमा राखिएको छ। उक्त कारागार १९५० सालमा निर्माण भएको हो र हाल क्षमताभन्दा तीन गुणासम्म बढी ६२४ जना कैदी तथा थुनुवा रहेका छन्। यद्यपि, कारागार प्रमुख सुरेश भण्डारीका अनुसार लामिछानेलाई छुट्टै कक्षमा राखिएको छ।

यसअघि अदालतले लामिछानेलाई काठमाडौं स्थानान्तरण गर्न आदेश दिइसकेको छ। तर गृह मन्त्रालयले काठमाडौंमा पनि लामिछानेविरुद्ध मुद्दा विचाराधीन रहेको भन्दै स्थानान्तरण रोकेको छ।

लिङ्देनले लामिछानेलाई यथाशीघ्र काठमाडौं सार्न माग गर्दै सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending