Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

गण्डकी प्रदेशमा खारेज भएका र गाभिएका सरकारी कार्यालय (सूचीसहित)

खबरडबली संवाददाता

लेखनाथ। गण्डकी प्रदेश सरकारले सात निर्देशनालय र दुई केन्द्र गरी ९ कार्यालय खारेज गरेको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले ३२ निकाय गाभेर १७ वटामा झारेको हो ।

सरकारका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नौ कार्यालय खारेज हुँदा एक सय ८५ कर्मचारीको दरबन्दी कटौती भएको जानकारी दिए। कार्यालयका अन्य खर्चबाहेक यी कार्यालय खारेज हुँदा कर्मचारीको तलब, भत्तामा मात्र वार्षिक ५० करोड आर्थिक भार कम हुने उनको भनाइ छ । 

गण्डकी सरकारले पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकबाट प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र समेत खारेज गर्ने निर्णय भएको छ । 

मुख्यमन्त्री पाण्डेले समितिको प्रतिवेदन चरणबद्ध रूपमा कार्यान्वयन गरिने बताए। “पहिलो चरणमा नौ कार्यालय खारेजी र केही निकाय गाभ्ने निर्णय भएको छ,” उनले भने, “ती कार्यालयमा कार्यरत स्थायी कर्मचारीको वृत्तिविकासमा र सेवा प्रवाहसमेत असर नपर्ने गरी निर्णय लिएका छौँ ।” खारेज भएका कार्यालयहरूको काम सम्बन्धित मन्त्रालयका शाखा, महाशाखाहरूबाट हुने उनको भनाइ छ । 

गण्डकी सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति गठन गरेको थियो । सो समितिले गएको जेठ २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । समितिमा महेश्वर नरसिंह केसी र अच्यूत लामिछाने सदस्य थिए। 

समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ । समितिको प्रतिवेदन कार्यान्वयनका लागि अब तीन दिनभित्रै सबै मन्त्रालयले कार्यालय र कर्मचारी सङ्गठनको अध्ययन गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । सोमबारको बैठकले कर्मचारी सरुवासम्बन्धी मापदण्डसमेत पारित गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गस्तीबाट फर्किने क्रममा प्रहरी जवानको मृत्यु

दार्चुला। दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौक...

करको दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथी संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा संसदीय छानबिन गर्न माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थ मन्त्रा...

कृषि मन्त्रालयको सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।  किसानलाई जमिनको विवरण र खेती उत्पा...

कर दर हेरफेर अधिकार सरकारसँग छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएको छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक ल...

संरक्षणको प्रतीक्षामा जनकपुर चुरोट कारखाना, आफ्नो मातहतमा ल्याउने प्रयासमा प्रदेश

जनकपुरधाम। जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत...

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending