Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

बजेट अभाव भएपछि प्रहरी भवन निर्माण अलपत्र

खबरडबली संवाददाता

मुगु। मुगुको प्रहरी चौकी भवन अलपत्र अवस्थामा रहेको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भवन निर्माणका लागि थप बजेटको व्यवस्था हुन नसक्दा भवन अधुरै रहेको हो । 

जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिका-९ को कालै प्रहरी चौकी भवनको निर्माण गर्नलाई कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भवन निर्माण गर्नलाई तीन करोड १० लाख ३८ हजार ४ सय १७ रुपियाँ विनियोजन भएको र अमर मजदुर जेभी कम्पनीले प्रतिस्पर्धामा दुई करोड ८६ लाख ८४ हजार १ सय १७ रुपियाँमा उक्त भवन निर्माण गर्ने भनि कार्यालयको तथ्यांकमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय मुगुकोले जनकारी गराएको छ । 

जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी अच्युत आचार्याका अनुसार जिल्लाको दुर्गम ठाउमा रहेको  कालै प्रहरी चौकीको भवन निर्माण गर्नलाई कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा र जिल्ला प्रहरी कार्यालय मुगुको सहजिकरणमा आर्थिक वर्ष ७६-७७ सालको जेठ २१  गते  निर्माणको जिम्मा पाएको कम्पनीबिच सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले आर्थिक वर्ष ७७-0७८ सालको जेठ मसान्तभित्र चैकी भवन निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको पाइन्छ । 

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष ७६-७७ सालमा निर्माण गर्ने जिम्मा पाएको अमर मजदुर जेभी वीरेन्द्रनगरपालिका– १० सुर्खेतका प्रतिनिधि गोर्ख शाहीले प्रदेश सरकारले भवनको सम्झौता अनुसार बजेटको व्यवस्था नभएपछि निर्माण भइरहेको भवन छ वर्षदेखि अलपत्र अवस्थामा रहेको बताए।

आर्थिक वर्षको अन्तमा प्रहरी प्रदेश सरकार मातहतमा नआएको भन्दै बाँकी बजेटको व्यवस्था गर्न नसकिने जानकारी दिएपछि काम अधुरै छोड्नुपरेको उनले बताए। उक्त भवनको बजेट व्यवस्था भएकोभए उतिबेलै भवन सम्पन्न गरेर प्रहरी चौकीलाई बुुझाईसक्ने बताउँदै शाहीले सम्झौता अनुसारको बजेटको व्यवस्था नभएपछि उच्च अदालत सुर्खेत, जुम्ला ईजलासमा मुद्धासमेत हालेको उनले बताए।

सोरु गाउँपालिका ९ की बदमकली नेपालीका अनुसार घरखर्च र बालबालिकालाई पढाइ खर्च जोहो गर्ने आशाले घर नजिकै बन्दै गरेको  कालै प्रहरी चौकीको भवन लगाउदा मलगायत मेरो छिमेकीले जनही एक सय दिन काम गरेको ज्याला अहिले सम्म भुक्तानी नपाएको गुनासो उनले गरे।

उच्च अदालत सुर्खेतले हालसम्म उक्त मुद्धामाथि सुनुवाई नगरेपछि सम्झौता अनुसारको रकम कार्यनयन गरिपाउ भनि २०७८ साल चैत महिनाको १६ गते सर्वोच्च अदालतमा पनि मुद्दा दर्ता गरेको गुनासो उनले गरे ।

प्रहरी चौकीको नयाँ बन्नुपर्ने भवनको दुईतलासम्म ढलान गर्ने कार्य छ वर्ष अगाडी नै भएको थियो । भवन निर्माणको काम गरे अनुसार उनले आफूले एक करोडको बील प्रहरी कार्यालयमा बुझाएको भएपनि भुक्तानी नपाएको बताए । 

निर्माणको जिम्मा पाएको कम्पनीले दर्दा गरेको मुद्दा उच्च अदालत सुर्खेत र सर्वोच्च अदालत काठमाडौंमा पुगेको भएपनि अहिलेसम्म मुद्धाको कुनै  टुङ्गो लागि सकेको छैन । हाल कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर सञ्चालन हुँदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending