मुगु। मुगुको प्रहरी चौकी भवन अलपत्र अवस्थामा रहेको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भवन निर्माणका लागि थप बजेटको व्यवस्था हुन नसक्दा भवन अधुरै रहेको हो ।
जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिका-९ को कालै प्रहरी चौकी भवनको निर्माण गर्नलाई कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भवन निर्माण गर्नलाई तीन करोड १० लाख ३८ हजार ४ सय १७ रुपियाँ विनियोजन भएको र अमर मजदुर जेभी कम्पनीले प्रतिस्पर्धामा दुई करोड ८६ लाख ८४ हजार १ सय १७ रुपियाँमा उक्त भवन निर्माण गर्ने भनि कार्यालयको तथ्यांकमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय मुगुकोले जनकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी अच्युत आचार्याका अनुसार जिल्लाको दुर्गम ठाउमा रहेको कालै प्रहरी चौकीको भवन निर्माण गर्नलाई कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा र जिल्ला प्रहरी कार्यालय मुगुको सहजिकरणमा आर्थिक वर्ष ७६-७७ सालको जेठ २१ गते निर्माणको जिम्मा पाएको कम्पनीबिच सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले आर्थिक वर्ष ७७-0७८ सालको जेठ मसान्तभित्र चैकी भवन निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको पाइन्छ ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष ७६-७७ सालमा निर्माण गर्ने जिम्मा पाएको अमर मजदुर जेभी वीरेन्द्रनगरपालिका– १० सुर्खेतका प्रतिनिधि गोर्ख शाहीले प्रदेश सरकारले भवनको सम्झौता अनुसार बजेटको व्यवस्था नभएपछि निर्माण भइरहेको भवन छ वर्षदेखि अलपत्र अवस्थामा रहेको बताए।
आर्थिक वर्षको अन्तमा प्रहरी प्रदेश सरकार मातहतमा नआएको भन्दै बाँकी बजेटको व्यवस्था गर्न नसकिने जानकारी दिएपछि काम अधुरै छोड्नुपरेको उनले बताए। उक्त भवनको बजेट व्यवस्था भएकोभए उतिबेलै भवन सम्पन्न गरेर प्रहरी चौकीलाई बुुझाईसक्ने बताउँदै शाहीले सम्झौता अनुसारको बजेटको व्यवस्था नभएपछि उच्च अदालत सुर्खेत, जुम्ला ईजलासमा मुद्धासमेत हालेको उनले बताए।
सोरु गाउँपालिका ९ की बदमकली नेपालीका अनुसार घरखर्च र बालबालिकालाई पढाइ खर्च जोहो गर्ने आशाले घर नजिकै बन्दै गरेको कालै प्रहरी चौकीको भवन लगाउदा मलगायत मेरो छिमेकीले जनही एक सय दिन काम गरेको ज्याला अहिले सम्म भुक्तानी नपाएको गुनासो उनले गरे।
उच्च अदालत सुर्खेतले हालसम्म उक्त मुद्धामाथि सुनुवाई नगरेपछि सम्झौता अनुसारको रकम कार्यनयन गरिपाउ भनि २०७८ साल चैत महिनाको १६ गते सर्वोच्च अदालतमा पनि मुद्दा दर्ता गरेको गुनासो उनले गरे ।
प्रहरी चौकीको नयाँ बन्नुपर्ने भवनको दुईतलासम्म ढलान गर्ने कार्य छ वर्ष अगाडी नै भएको थियो । भवन निर्माणको काम गरे अनुसार उनले आफूले एक करोडको बील प्रहरी कार्यालयमा बुझाएको भएपनि भुक्तानी नपाएको बताए ।
निर्माणको जिम्मा पाएको कम्पनीले दर्दा गरेको मुद्दा उच्च अदालत सुर्खेत र सर्वोच्च अदालत काठमाडौंमा पुगेको भएपनि अहिलेसम्म मुद्धाको कुनै टुङ्गो लागि सकेको छैन । हाल कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर सञ्चालन हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: