Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मुग्लिन–नारायणगढ सडकको दुर्दशा : ढुङ्गा खसेर जोखिम बढ्दै

खबरडबली संवाददाता

चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा चार वर्षअगाडिदेखि ढुङ्गा खस्ने समस्याले यात्रुलाई सास्ती दिँदै आएको भए पनि यसको दीर्घकालीन समाधानको उपायतर्फ ध्यान जान सकेको छैन । जसले गर्दा यो बाटोमा चार वर्षमा धेरैले ज्यान गुमाइसकेका छन् । 

सडकखण्डको विस्तारको काम सुरु भएदेखि यस खण्डमा ढुङ्गा खस्ने समस्या हुँदै आएको छ । डिभिजन सडक कार्यालय भरतपुरले अध्ययन गरेर समाधानको उपाय गर्ने भनेको पनि चार वर्ष बितिसकेको छ । अझै पनि दीर्घकालीन समाधान हुन सकेको छैन । ढुङ्गा खस्ने केही स्थानमा समाधानको उपाय गरे पनि सो सडकखण्डको दर्जनौँ स्थानमा यो समस्या देखा परेको छ, जोखिम जताततै रहेको छ । 

विगत केही महिनाबाट फेरि ढुङ्गा खस्न थालेपछि डिभिजन सडक कार्यालय भरतपुरले यसको अध्ययन गरेर समाधान गर्ने प्रयास थालेको दाबी गरेको । यो सडकखण्डमा सडक विस्तारका क्रममा पहाडको भित्ता खनेर फराकिलो बनाएपछि त्यहाँबाट ढुङ्गा खस्ने समस्या निरन्तर रूपमा देखा पर्दै आएको छ । बर्खामा हिलो र पहिरो, हिउँदमा सुक्खा पहिरो खस्ने, ढुङ्गा झर्ने गरेकाले सवारीसाधनसहित मानवीय क्षतिसमेत हुने गरेको छ । 

अहिलेको वर्षाको समयमा समेत दर्जन पटक पहिरो र ढुङ्गा खसेर बाटो अवरुद्ध भएको छ । सवारीसाधनलाई समेत क्षति भएर कैयौँ यात्रु घाइते हुन पुगेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले ढुङ्गा खसेर समस्या आएपछि यसको विस्तृत अध्ययन गरेर समाधानको उपाय खोज्ने प्रयास भइराखेको जानकारी दिए। 

उनले भने, “नारायणगढदेखि मुग्लिनसम्मको पहाड नै फरक प्रकारको संरचना रहेको छ । दासढुङ्गादेखि मुग्लिनसम्मको सबै ठाउँ जोखिम रहेको छ ।” कुन समयमा कतिबेला खस्छ भन्न नसकिने अवस्था रहेको उनले बताए। धेरै पटक अध्ययन अनुसन्धान गरिएको छ तर फरक स्थानबाट समस्या आउने गरेको छ । उनले भने, “यो वर्ष एक स्थानमा समस्या आउछ, अर्को वर्ष अर्कै स्थानमा समस्या देखिन्छ ।”

यसै क्षेत्रको अध्ययन गर्दै आएका डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले भने, “सबैभन्दा बढी समस्या तुइन खोलामा देखिएको छ ।” यस स्थानको ठुलो ढुङ्गा झारिएको जानकारी दिए। यसै क्षेत्रमा रहेका साना ढुङ्गा झारिएको भए पनि अझै जोखिम हटेको छैन । यस स्थानको ढुङ्गा खस्नबाट रोक्नका लागि जोखिम रहेको स्थानमा जाली ठोकेर रोकथाम गर्न सकिन्छ । उनले भने,  “सबैभन्दा राम्रो विधिबाट कसरी रोक्न सकिन्छ भनेर हामीले अध्ययन गर्दै छौँ । यहाँको पहाडको करिब १६ मिटरमाथि अत्यन्तै जोखिम ठाउँ रहेको र यहाँ ठुलो ढुङ्गा जोखिम रहेको पाइएको कार्यालयले जानकारी दिएको छ ।   

यही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा पनि ढुङ्गा खस्ने जोखिम रहेको छ । यही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सडक विस्तारका क्रममा सो क्षेत्रको केही भित्तो काटिएको थियो ।

सडकखण्डको मुग्लिनबाट नौ किलोमिटर पश्चिम नारायणगढतर्फ जलबिरेको पहाड अर्को जोखिम स्थान हो । करिब एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको छ । पहिरो गएर असार महिनामा पाँच घण्टा सडक अवरुद्ध भएको थियो । यसै सडकको नाम्सी पुल क्षेत्रमा भित्तो काटिएपछि ढुङ्गा खस्ने जोखिम बढेको छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए ।

तुइन खोलानजिकैको क्षेत्र पनि उत्तिकै जोखिममा छ । सो क्षेत्रमा पनि सडक विस्तार गर्दा भित्तो काटिएको थियो । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर घिमिरेले भने, “पहिले रोकथामको काम गरेको ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।” ती समस्या समाधानका लागि कार्यालयले विभागमा पत्र लेखी पठाएको छ । डिभिजन सडक कार्यालय भरतपुरले आफैँले अध्ययन गरी चालु आवमा प्रमुख जोखिम स्थानमा रोकथामका उपाय अपनाउने तयारी गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए।  

सङ्घीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौँका इन्जिनिएर शुभराज न्यौपानले समस्याग्रस्त स्थानको विस्तृत अध्ययन गरेर मात्र रोकथाम गर्ने तयारी भएको बताए। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा पहिचान गरिएको बताए। यसका लागि सडक विभागसँग परामर्श गरेर काम अघि बढाइने पनि उनले जानकारी दिए। कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिप्पर तयारी अवस्थामा राखेको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending