Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मुग्लिन–नारायणगढ सडकको दुर्दशा : ढुङ्गा खसेर जोखिम बढ्दै

खबरडबली संवाददाता

चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा चार वर्षअगाडिदेखि ढुङ्गा खस्ने समस्याले यात्रुलाई सास्ती दिँदै आएको भए पनि यसको दीर्घकालीन समाधानको उपायतर्फ ध्यान जान सकेको छैन । जसले गर्दा यो बाटोमा चार वर्षमा धेरैले ज्यान गुमाइसकेका छन् । 

सडकखण्डको विस्तारको काम सुरु भएदेखि यस खण्डमा ढुङ्गा खस्ने समस्या हुँदै आएको छ । डिभिजन सडक कार्यालय भरतपुरले अध्ययन गरेर समाधानको उपाय गर्ने भनेको पनि चार वर्ष बितिसकेको छ । अझै पनि दीर्घकालीन समाधान हुन सकेको छैन । ढुङ्गा खस्ने केही स्थानमा समाधानको उपाय गरे पनि सो सडकखण्डको दर्जनौँ स्थानमा यो समस्या देखा परेको छ, जोखिम जताततै रहेको छ । 

विगत केही महिनाबाट फेरि ढुङ्गा खस्न थालेपछि डिभिजन सडक कार्यालय भरतपुरले यसको अध्ययन गरेर समाधान गर्ने प्रयास थालेको दाबी गरेको । यो सडकखण्डमा सडक विस्तारका क्रममा पहाडको भित्ता खनेर फराकिलो बनाएपछि त्यहाँबाट ढुङ्गा खस्ने समस्या निरन्तर रूपमा देखा पर्दै आएको छ । बर्खामा हिलो र पहिरो, हिउँदमा सुक्खा पहिरो खस्ने, ढुङ्गा झर्ने गरेकाले सवारीसाधनसहित मानवीय क्षतिसमेत हुने गरेको छ । 

अहिलेको वर्षाको समयमा समेत दर्जन पटक पहिरो र ढुङ्गा खसेर बाटो अवरुद्ध भएको छ । सवारीसाधनलाई समेत क्षति भएर कैयौँ यात्रु घाइते हुन पुगेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले ढुङ्गा खसेर समस्या आएपछि यसको विस्तृत अध्ययन गरेर समाधानको उपाय खोज्ने प्रयास भइराखेको जानकारी दिए। 

उनले भने, “नारायणगढदेखि मुग्लिनसम्मको पहाड नै फरक प्रकारको संरचना रहेको छ । दासढुङ्गादेखि मुग्लिनसम्मको सबै ठाउँ जोखिम रहेको छ ।” कुन समयमा कतिबेला खस्छ भन्न नसकिने अवस्था रहेको उनले बताए। धेरै पटक अध्ययन अनुसन्धान गरिएको छ तर फरक स्थानबाट समस्या आउने गरेको छ । उनले भने, “यो वर्ष एक स्थानमा समस्या आउछ, अर्को वर्ष अर्कै स्थानमा समस्या देखिन्छ ।”

यसै क्षेत्रको अध्ययन गर्दै आएका डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले भने, “सबैभन्दा बढी समस्या तुइन खोलामा देखिएको छ ।” यस स्थानको ठुलो ढुङ्गा झारिएको जानकारी दिए। यसै क्षेत्रमा रहेका साना ढुङ्गा झारिएको भए पनि अझै जोखिम हटेको छैन । यस स्थानको ढुङ्गा खस्नबाट रोक्नका लागि जोखिम रहेको स्थानमा जाली ठोकेर रोकथाम गर्न सकिन्छ । उनले भने,  “सबैभन्दा राम्रो विधिबाट कसरी रोक्न सकिन्छ भनेर हामीले अध्ययन गर्दै छौँ । यहाँको पहाडको करिब १६ मिटरमाथि अत्यन्तै जोखिम ठाउँ रहेको र यहाँ ठुलो ढुङ्गा जोखिम रहेको पाइएको कार्यालयले जानकारी दिएको छ ।   

यही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा पनि ढुङ्गा खस्ने जोखिम रहेको छ । यही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सडक विस्तारका क्रममा सो क्षेत्रको केही भित्तो काटिएको थियो ।

सडकखण्डको मुग्लिनबाट नौ किलोमिटर पश्चिम नारायणगढतर्फ जलबिरेको पहाड अर्को जोखिम स्थान हो । करिब एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको छ । पहिरो गएर असार महिनामा पाँच घण्टा सडक अवरुद्ध भएको थियो । यसै सडकको नाम्सी पुल क्षेत्रमा भित्तो काटिएपछि ढुङ्गा खस्ने जोखिम बढेको छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए ।

तुइन खोलानजिकैको क्षेत्र पनि उत्तिकै जोखिममा छ । सो क्षेत्रमा पनि सडक विस्तार गर्दा भित्तो काटिएको थियो । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर घिमिरेले भने, “पहिले रोकथामको काम गरेको ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।” ती समस्या समाधानका लागि कार्यालयले विभागमा पत्र लेखी पठाएको छ । डिभिजन सडक कार्यालय भरतपुरले आफैँले अध्ययन गरी चालु आवमा प्रमुख जोखिम स्थानमा रोकथामका उपाय अपनाउने तयारी गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए।  

सङ्घीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौँका इन्जिनिएर शुभराज न्यौपानले समस्याग्रस्त स्थानको विस्तृत अध्ययन गरेर मात्र रोकथाम गर्ने तयारी भएको बताए। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा पहिचान गरिएको बताए। यसका लागि सडक विभागसँग परामर्श गरेर काम अघि बढाइने पनि उनले जानकारी दिए। कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिप्पर तयारी अवस्थामा राखेको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending