Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

राप्रपाको विवादबारे पूर्वराजा शाहको चासो !

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादबारे पूर्वराजा ज्ञानेन्द्र शाहले चासो राखेको पाइएको छ । पार्टीभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशमशेर राणा नेतृत्वको इतर समूहबिच विवाद बढ्दै गइरहेको बेला पूर्वराजाले चासो देखाएको पाइएको हो । 

हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा गत शनिबार ललितपुरको सानेपामा एक कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजापरिवारका सदस्य र राजावादीको उल्लेख्य सहभागिता रहेको थियो । 

सोही कार्यक्रममा राप्रपाको प्रवक्ताबाट निकालिएका सगुन सुन्दर लावती पनि पुगेका थिए । साँझ कार्यक्रम सकिएपछि लावतीसँग पूर्वराजाले संक्षिप्त भेटका क्रममा पार्टीभित्रको आन्तरिक विवादका विषयमा चासो राखेको सोही भेटका प्रत्यक्षदर्शी एक राजावादीले रातोपाटीलाई पुष्टि गरे । 

करिब १० मिनेटजति भएको भेटका क्रममा ज्ञानेन्द्रले राखेको चासोमा लावतीले समग्र विषयमा जानकारी गराएका थिए । विषेशगरी पूर्वराजाले ‘पार्टीको हाल खबर सोध्नुका साथै पार्टीले किन निकालेको र विवाद किन भएको भन्नेबारे लावतीसँग चासो राखेको’ ती राजावादीको भनाइ छ ।

यस्तै केही शीर्ष नेतासँग पनि पूर्वराजाले राप्रपाको विवादबारे चासो राखेको स्रोतको दाबी छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा राजावादी पार्टी राप्रपाको विषयमा केही बोल्ने गरेका छैनन् । तर, उनले अनौपचारिक रूपमा राप्रपाका नेताहरूलाई भेट्दै आएका छन् ।  यतिमात्रै होइन उनले नै राजावादीहरूलाई एकीकृत गर्ने प्रयास गर्दै नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाएको आरोप लाग्दै आएको छ । तर, सुवेदी नेतृत्वको समितिले गरेको आन्दोलन असफल बन्यो । आन्दोलन असफल हुनुमा राप्रपा र सो पार्टीको नेतृत्वको असहयोग मुख्य जिम्मेवार रहेको जिकिर समेत कतिपय राजावादीले गर्दै आएका छन् । यतिमात्रै होइन उक्त आन्दोलन असफल भएसँगै राप्रपामा विवाद समेत उचाइमा पुगेको छ । 

केही अघि राप्रपाले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई हटाएर उनको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेसँगै विवाद उग्र बनेको हो।  साथसाथै लिङ्देनको विरोधी समूहमा रहेका लावती र उपाध्यक्ष मुकुन्दश्याम गिरी समेत जिम्मेवारीबाट हटाइएका थिए । 

सुवेदीलगायतलाई लिङ्देनले विधान विपरीत हटाएको दाबीसहित निर्वाचन आयोगमा समेत उजुरी परेको छ । यसबारे आयोगको पत्रमा आधारमा लिङ्देनले जवाफ पनि पठाइसकेका छन् । तर, आयोगले ठोस निर्णय भने गरिसकेको छैन । 

पूर्वराजाले आन्तरिक रूपमा राप्रपालाई सहयोग गर्ने गरेको बताइँदै आएको छ । राजसंस्था पुनर्स्थापनामा सहयोग गर्ने आशाका साथ पूर्वराजाले सहयोग गर्ने गरेको कतिपय नेताहरूको भनाइ छ । यसका साथसाथै पूर्वराजासम्बद्ध निर्मल निवासले राप्रपाभित्र हस्तक्षेप गर्ने गरेको समेत सुन्ने गरिन्छ । 

राप्रपाकै गत महाधिवेशनमा पराजित भएपछि कमल थापाले निर्मल निवासको भूमिकाले आफू पराजित भएको बताएका थिए । उक्त महाधिवेशनमा थापालाई लिङ्देनले पराजित गरेका थिए । निर्मल निवासले लिङ्देनलाई बोकेर आफूलाई हराएको थापाले सार्वजनिक रूपमै धेरै पटक दाबी गरेका थिए । 

अहिले कमल थापालाई हराएर अध्यक्ष बनेका लिङ्देनले नै राजतन्त्र फर्काउने भनेर गठन भएको सुवेदी नेतृत्वको समितिलाई सहयोग नगरेको आरोप समेत लाग्ने गरेको छ ।

आन्दोलनकै विषयमा समेत इतर समूह सुवेदीतिर धेरै खुलेको थियो भने सुरुमा त लिङ्देनले सुवेदीको समितिमा आफू नरहेको समेत जिकिर गरेका थिए । पछि लिङ्देन आन्दोलनमा त सहभागी भए तर उनको भूमिकामाथि प्रश्न गर्ने ठाउँहरू धेरै रहेको पार्टीकै नेताहरू बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending