Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

राप्रपाको विवादबारे पूर्वराजा शाहको चासो !

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादबारे पूर्वराजा ज्ञानेन्द्र शाहले चासो राखेको पाइएको छ । पार्टीभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशमशेर राणा नेतृत्वको इतर समूहबिच विवाद बढ्दै गइरहेको बेला पूर्वराजाले चासो देखाएको पाइएको हो । 

हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा गत शनिबार ललितपुरको सानेपामा एक कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजापरिवारका सदस्य र राजावादीको उल्लेख्य सहभागिता रहेको थियो । 

सोही कार्यक्रममा राप्रपाको प्रवक्ताबाट निकालिएका सगुन सुन्दर लावती पनि पुगेका थिए । साँझ कार्यक्रम सकिएपछि लावतीसँग पूर्वराजाले संक्षिप्त भेटका क्रममा पार्टीभित्रको आन्तरिक विवादका विषयमा चासो राखेको सोही भेटका प्रत्यक्षदर्शी एक राजावादीले रातोपाटीलाई पुष्टि गरे । 

करिब १० मिनेटजति भएको भेटका क्रममा ज्ञानेन्द्रले राखेको चासोमा लावतीले समग्र विषयमा जानकारी गराएका थिए । विषेशगरी पूर्वराजाले ‘पार्टीको हाल खबर सोध्नुका साथै पार्टीले किन निकालेको र विवाद किन भएको भन्नेबारे लावतीसँग चासो राखेको’ ती राजावादीको भनाइ छ ।

यस्तै केही शीर्ष नेतासँग पनि पूर्वराजाले राप्रपाको विवादबारे चासो राखेको स्रोतको दाबी छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा राजावादी पार्टी राप्रपाको विषयमा केही बोल्ने गरेका छैनन् । तर, उनले अनौपचारिक रूपमा राप्रपाका नेताहरूलाई भेट्दै आएका छन् ।  यतिमात्रै होइन उनले नै राजावादीहरूलाई एकीकृत गर्ने प्रयास गर्दै नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाएको आरोप लाग्दै आएको छ । तर, सुवेदी नेतृत्वको समितिले गरेको आन्दोलन असफल बन्यो । आन्दोलन असफल हुनुमा राप्रपा र सो पार्टीको नेतृत्वको असहयोग मुख्य जिम्मेवार रहेको जिकिर समेत कतिपय राजावादीले गर्दै आएका छन् । यतिमात्रै होइन उक्त आन्दोलन असफल भएसँगै राप्रपामा विवाद समेत उचाइमा पुगेको छ । 

केही अघि राप्रपाले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई हटाएर उनको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेसँगै विवाद उग्र बनेको हो।  साथसाथै लिङ्देनको विरोधी समूहमा रहेका लावती र उपाध्यक्ष मुकुन्दश्याम गिरी समेत जिम्मेवारीबाट हटाइएका थिए । 

सुवेदीलगायतलाई लिङ्देनले विधान विपरीत हटाएको दाबीसहित निर्वाचन आयोगमा समेत उजुरी परेको छ । यसबारे आयोगको पत्रमा आधारमा लिङ्देनले जवाफ पनि पठाइसकेका छन् । तर, आयोगले ठोस निर्णय भने गरिसकेको छैन । 

पूर्वराजाले आन्तरिक रूपमा राप्रपालाई सहयोग गर्ने गरेको बताइँदै आएको छ । राजसंस्था पुनर्स्थापनामा सहयोग गर्ने आशाका साथ पूर्वराजाले सहयोग गर्ने गरेको कतिपय नेताहरूको भनाइ छ । यसका साथसाथै पूर्वराजासम्बद्ध निर्मल निवासले राप्रपाभित्र हस्तक्षेप गर्ने गरेको समेत सुन्ने गरिन्छ । 

राप्रपाकै गत महाधिवेशनमा पराजित भएपछि कमल थापाले निर्मल निवासको भूमिकाले आफू पराजित भएको बताएका थिए । उक्त महाधिवेशनमा थापालाई लिङ्देनले पराजित गरेका थिए । निर्मल निवासले लिङ्देनलाई बोकेर आफूलाई हराएको थापाले सार्वजनिक रूपमै धेरै पटक दाबी गरेका थिए । 

अहिले कमल थापालाई हराएर अध्यक्ष बनेका लिङ्देनले नै राजतन्त्र फर्काउने भनेर गठन भएको सुवेदी नेतृत्वको समितिलाई सहयोग नगरेको आरोप समेत लाग्ने गरेको छ ।

आन्दोलनकै विषयमा समेत इतर समूह सुवेदीतिर धेरै खुलेको थियो भने सुरुमा त लिङ्देनले सुवेदीको समितिमा आफू नरहेको समेत जिकिर गरेका थिए । पछि लिङ्देन आन्दोलनमा त सहभागी भए तर उनको भूमिकामाथि प्रश्न गर्ने ठाउँहरू धेरै रहेको पार्टीकै नेताहरू बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले सचिव अर्याल

काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि कुरा गर्दै प...

साढे ५ करोड ठगी प्रकरणमा दुई प्रतिवादी पक्राउ

काठमाडौं । पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल न...

युवा सांसद भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा

काठमाडौँ । सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नाे भूमिका जेनजी बिद्रोहको भावनालाई सदनको रोष्टमब...

पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

काडमाडौं। आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खाैली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन्। उनले सपथ लि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending