काठमाडौं । एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा पुगेका सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह १ लाख धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेकोमा बयान तथा थुनछेक बहसपछि विशेष अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले १ लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग १ लाख घुस लिएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले मेयरविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उदफा १ बमोजिम कैद सजाय र बिगोअनुसार जरिवाना हुनुपर्ने मागसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । अनुसन्धानका क्रममा साहले सेवाग्राहीबाट १ लाख घुस लिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर देखिएको हो । नगरप्रमुख साहले उक्त नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए ।
आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई वडा नम्बर ६ मा सम्पन्न नाला निर्माण कार्यको भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत लिएको एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: