लमजुङ। लमजुङ प्रहरीले एक वर्षको अवधिमा करिब दुई सय अवैध हतियार बरामद गरेको छ । आर्थिक वर्ष २०८१/२०८२ मा जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा घरमै राखिएका एकसय ९७ वटा हतियार प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा भएको लगतअनुसार विगत पाँचवर्ष यता नवीकरण नभएका एकसय ९७ थान हतियार बरामद गरिएको लमजुङका प्रहरी प्रमूख एवम् प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । प्रहरीले अभियानकै रुपमा गत आर्थिक वर्षमा अवैध हतियार खोजी गरेको थियो ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट सातसय ६४ थान हातहतियारको लगत सङ्कलन गरी खोजी कार्य तीव्र पारेको थियो । प्रशासनको लगतअनुसार पाँचसय बढी हतियारको विवरण प्राप्त भएको र अझै केही हतियारको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।
अवैध हतियारका कारण जिल्लाको शान्ति सुरक्षामा चुनौती बढेको र विभिन्न आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै नियन्त्रणका लागि अवैध हतियार खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय हात हतियार इजाजत प्राप्त व्यक्तिले मात्र राख्न पाउनुपर्नेमा अन्य व्यक्तिले पनि प्रयोग गरेको हुन सक्ने, हतियारको दुरुपयोग हुन सक्ने आशङ्का बढेकाले विगतमा इजाजत प्राप्त भएका तर समयमा नवीकरण नभएका हातहतियार प्रहरीले खोजी अभियान सुरु गरेको हो ।
कानुनी प्रावधानअनुसार बर्सेनि हातहतियारको नवीकरण गर्नुपर्ने प्रावधान रहे पनि लमजुङमा भने न्यून मात्रामा नवीकरण हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्लामा एक हजार बढी हातहतियार दर्ता रहे पनि गत आर्थिक वर्षमा दुई सय ७६ वटा हतियार मात्रै नवीकरण भएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको अवधिमा एकसय ४३ हातहतियार नवीकरण र २१ वटा नामसारी भएको हो ।
जिल्लाभर प्रयोग गर्न पाउने हतियार जिल्लामै नवीकरण हुने र देशभर चलाउनका लागि इजाजत प्राप्त भएका हातहतियार जिल्ला बाहिर पनि नवीकरण हुने हुँदा पूरा विवरण प्राप्त गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
यसअघि जिल्ला प्रशासन लमजुङबाट पाँच वर्षभन्दा अघिदेखि नवीकरण नभएका हातहतियार बुझाउन पटकपटक आग्रह गर्दै आएको थियो । तर प्रशासनले दिएको समयमा न्यून मात्रामा हतियार नवीकरणका लागि आएका थिए ।
पाँच वर्षभन्दा बढी नवीकरण हुन नसकेका हतियारको इजाजत खारेज गरी हतियार जफत गर्ने गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लाबाट खटिएका प्रहरी टोलीले उक्त हातहतियार बरामद गरेका थिए । अभियानलाई निरन्तरता दिँदै बाँकी हतियार पनि जफत गरिने प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: