लमजुङ। लमजुङमा पछिल्लो वर्षहरूमा सम्बन्ध विच्छेदका मुद्दा गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत लमजुङमा गत आर्थिक वर्ष २०८१–८२ मा तीन सय दस जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।
गत वर्ष अदालतमा सम्बन्ध विच्छेद्का तीन सय ८४ मुद्दा रहेकोमा ३१० जोडीको मुद्दा फैसला भई सम्बन्ध विच्छेद भएको जिल्ला अदालत लमजुङका श्रेस्तेदार भेषराज पौडेलले बताए ।
जिल्ला अदालतमा अन्य मुद्दाभन्दा बढी सम्बन्ध विच्छेदका आउने गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा तीन सय ८६ जोडीले बढी सम्बन्ध विच्छेद् गरेका थिए । गत अघिल्लो भन्दा गत आवमा ७६ जनाले कमि भए पनि जिल्ला अदालतमा अरू मुद्दाभन्दा सम्बन्ध विच्छेदका मुद्दा प्रत्येक वर्ष बढी आउने गरेको छ ।
आर्थिक वर्ष २०७९–८० मा चार सय एक सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा तीन सय २६ जोडीको सम्बन्ध विच्छेद भएको थियो । यसैगरी आर्थिक वर्ष २०७८–७९ मा सम्बन्ध विच्छेद गर्ने जोडीको सङ्ख्या तीन सय ३२ रहेको थियो । हरेक वर्ष सम्बन्ध विच्छेदका मुद्दा बढ्दो छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको नेपाल बार एकाइ लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए। पारिवारिक समस्या भएका कतिपय दम्पतिहरू अदालतमा गएर सम्बन्ध विच्छेद गर्नुभन्दा पहिले प्रहरीकहाँ पनि पुग्ने गरेका छन् ।
सामान्य समस्यालाई मेलमिलाप गराएर फर्काउने गरेको र सम्बन्ध छुट्नै चाहनेलाई मात्र अदालत पठाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।
पारिवारिक कारण, वैदेशिक रोजगार, विदेशीको नक्कल, बालविवाह, बहुविवाह, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीपनाजस्ता कारणले सम्बन्ध विच्छेदका घटनाहरू बढ्दैगएको जिल्ला अदालतले जनाएको छ । बालविवाह, इच्छाविपरित विवाह, वैदेशिक रोजगारलाई कम गर्न सकिएमा सम्बन्ध विच्छेदका घटनामा कमी आउने बार लमजुङका अध्यक्ष अधिकारीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: