Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

एउटै पालिकाका दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा

खबरडबली संवाददाता

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् । 

सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नं १ बाढीपहिरोको जोखिममा परेको छ । यस वडामा मात्रै नौ सय २० घर पहिरोको जोखिममा परेका छन् भने हुल्दी, लेबाङ किटेनी, स्वाँरालगायत बस्ती पहिरोको जोखिममा परेका गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए। 

विसं २०७४ यता गाउँमा धेरै पहिरो जाने गरेको स्थानीय बताउँछन् । गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं २ मा दुई सय सात, वडा नं ३ मा एक सय ४०, वडा नं ४ मा चार सय, वडा नं ५ मा एक सय ७०, वडा नं ६ मा ३१ र वडा नं ७ मा पाँच सय ७० घर पहिरोको जोखिममा छन् ।

पहिरोले गाउँनै चिराचिरा परेपछि बर्खाको समय जोखिम मोलेर बस्नु परेको निसीखोला–१ हुल्दीकी हुमकुमारी मल्लले बताए। गाउँको बीचमा एउटा ठूलो पहिरो रहेको भन्दै उक्त पहिरो दशकौँ अगाडिदेखि निरन्तर बग्ने गरेको उनको भनाइ छ । आठ वर्ष अगाडिसम्म उक्त पहिरोले गाउँमा ठूलो क्षति नपुर्‍याएको बताउँदै विसं २०७५ देखि त्यसको असले गर्दा गाउँका विभिन्न स्थानमा जमिन भासिने र चिरिने गरेको मल्लले जानकारी दिए। 

“हामीहरू पहिरोका कारण ज्यान कसरी बचाउने भन्ने चिन्तामा छौँ, हिउँदको समय घरमा सुखले बस्छौँ, बर्खाको समयमा ठूलो वर्षा हुने वित्तिकै गाउँ छोडेर भाग्नुपर्छ”, मल्लले भने – “गाउँभन्दामाथि दह भन्ने छ, त्यहाँ गाईभैँसी गोठ छन्, त्यही गएर बस्ने गर्छौँ, गाउँपालिकामा धेरै पटक समस्याबारे जानकारी गरायौँ, केन्द्र र प्रदेश सरकारलाई पनि जानकारी गराएका छौँ, अहिलेसम्म हाम्रो समस्या समाधानका लागि कुनै सम्बोधन भएको छैन ।”

निसीखोला–२ का पदमबहादुर विकले गाउँमा बाहेक अरु ठाउँमा जग्गा जमिन नहुँदा जोखिममा बस्नु परेको बताउनुभयो । ठूलो पानी पर्‍यो भने सबै सरसामान बोकेर घर बाहिर निस्कने गरेको उनको भनाइ छ । हुने खाने बसाइँसराइ सरेर तराईतिर झरेका भन्दै उनले आर्थिक अवस्था कमजोर भएका गाउँमै बसेका बताए । सरोकार भएका निकायलाई गाउँको समस्याका बारेमा पटकपटक जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको उनले गुनासो पोखे।

निसीखोला गाउँपालिकाका अध्यक्ष मगरले जोखिममा रहेका बस्ती स्थान्तरणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिरहेको बताए। जनता आवास कार्यक्रमअन्तर्गत केही नागरिकलाई सुरक्षित स्थानमा सारेर घर निर्माण गरिएको उनले जानकारी दिए।

अप्ठ्यारो भूगोलका कारण हरेक वर्ष बाढीपहिरोबाट यहाँका नागरिकले दु:ख पाउँदै आएका उल्लेख गर्दै अध्यक्ष मगरले त्यसको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले योजना बनाइरहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending