कैलाली । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी सम्झना भट्ट मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
सम्झना घरभित्र झ्याल ढोकामा चुकुल लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो । सम्झना र पवनबिच गत फागुन महिनामा प्रेम विवाह भएको थियो । सम्झना १७ वर्षकी हुन् ।
‘१४–१५ वर्षकै उमेरदेखि उहाँहरुबीच प्रेम सम्बन्ध थियो । विवाह भन्दा पहिलो पनि विवाद र झगडा प्रहरीसमक्ष पुगिसकेको थियो ’एक प्रहरी अधिकारीले भने, ‘गत मङ्सिरमा पनि जिल्ला प्रहरी कार्यालयको महिला सेलामा २ दिनपछि विवाद निरूपण गरिएको थियो ।’ त्यसपछि काठमाडौंमा पनि झगडा भएको र सम्झनाको शव भेटिनुको अघिल्लो दिन पनि स्थानीय प्रहरी कार्यालयले उनीहरूलाई सम्झाएर पठाएको पाइएको छ ।
‘घटना भन्दा अघिल्लो दिन इलाका प्रहरी कार्यालय बेल्डाडीमा पनि उनीहरूको विवाद पुगेको थियो ’ ती प्रहरी अधिकारीले भने, ‘सम्झाएर पठाएको भोलिपल्टै घरमा उनको शव भेटिएको हो ।’किशोरीको उमेर १७ वर्ष र पुरुषको उमेर २४ वर्ष वर्ष रहेको प्रहरीले जनाएको छ ।
कम उमेरमै विवाह गरेकी सम्झनालाई घरमा कुटपिट हुने गरेको आरोप लागेपछि सोधपुछको लागि श्रीमान् पवन भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
परिवारहरूले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि घटनाको निष्पक्ष अनुसन्धान हुने जनाएको छ ।
‘घटनाबारे हामी गम्भीर छौँ श्रीमान्सँग सोधपुछ भइरहेको छ ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी बोहराले भने, ‘शवको पोस्टमार्टम हुँदै छ । घटनाको वास्तविकता आउँछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ११:१०
ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समित...
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...




प्रतिकृया लेख्नुहोस्: