Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

चीनले दियाे, हाल गठन भएका नयाँ ९ फोर्सलाई अलग झन्डा राख्न स्विकृती

खबरडबली संवाददाता

काठमाडौं । चीनले आफ्ना सबै सैन्य क्षेत्रलाई थप ४ कमाण्डमा परिणत गरेर नयाँ झन्डा दिएको छ।
यस कमाण्डमा चीनको सेना र वायुसेना सँगै तैनाथ छन्। चीनले आफ्ना धेरै सैन्य डिभिजनहरूलाई संयुक्त सशस्त्र ब्रिगेडमा परिणत गरिरहेको छ । चीनले १९८० मा आफ्नो सेनाको आधुनिकीकरण सुरु गर्यो। सी जिनपिङले २०१५ मा विश्व स्तरको सेना बनाउन दुई ठूला परिवर्तन गरेका थिए, पहिलो संगठनात्मक, कमाण्ड र नियन्त्रण सुधार थियो।

चिनियाँ सैन्य सिद्धान्त अनुसार पीएलए आर्मी, पीएलए नेवी, पीएलए एयर फोर्स र रकेट फोर्स मात्र उपस्थित थिए। सी जिनपिङले पीएलए रणनीतिक सहयोग बललाई हाल चार नयाँ सेनामा परिणत गरेका छन । यसमा एयरोस्पेस फोर्स, साइबर स्पेस फोर्स, इन्फॉर्मेशन सपोर्ट फोर्स र ज्वाइन्ट लजिस्टिक सपोर्ट फोर्स समावेश छन्। अब यी चार नयाँ सेनाका लागि नयाँ झण्डा स्वीकृत भएको छ। यी नयाँ झण्डाहरू अगस्ट १ मा मनाइने चिनियाँ सेना दिवसबाट आधिकारिक रूपमा प्रयोग गर्न थालिसकेका छन ।

एयरोस्पेस फोर्सः
यो एयरोस्पेस फोर्स १९ अप्रिल २०२४ मा स्थापना भएको हो। साइबरस्पेस फोर्सको मुख्य काम अन्तरिक्ष युद्ध हो। यो बलले उपग्रह सुरक्षा, नेभिगेसन, काउन्टर स्पेस, निगरानी र सञ्चारको क्षमतालाई सुदृढ र विकास गर्ने लक्ष्य राखेको छ। हाल यसले ७ प्रमुख अन्तरिक्ष आधारहरू सञ्चालन गरिरहेको छ । अन्तरिक्ष, क्षमतामा चीनको बढ्दो चासो र सर्वोच्चता हासिल गर्ने दिशामा द्रुत गतिमा अघि बढिरहेको छ। चीनले अन्य देशको भूउपग्रहलाई ध्वस्त पार्न नयाँ हतियारको तयारी गरिरहेको छ ।

साइबर सुरक्षा फोर्स
यस फोर्सको काम साइबर सुरक्षा र रक्षा उपकरणहरू विकास गर्ने, राष्ट्रिय साइबर रक्षालाई बलियो बनाउने, कुनै पनि नेटवर्क घुसपैठ तुरुन्तै पत्ता लगाउने र त्यसको सामना गर्ने हो। तिनीहरूका आधारहरू चिनियाँ पिएलएको ५ थिएटर कमाण्डहरूमा निर्माण गरिएको छ। तिनीहरूको काम देशको आपत्तिजनक साइबर युद्ध, मनोवैज्ञानिक युद्ध र उन्नत साइबर सुरक्षा अनुसन्धानको निरीक्षण गर्नु हो।

इन्फॉर्मेशन सपोर्ट फोर्स

पीएलए आइएसएफ १९ अप्रिल २०२४ मा गठन भएको थियो। यस क्रममा सी जिनपिङले भनेका थिए कि यो नयाँ फोर्स पीएलएको रणनीतिक हात हुनेछ, जसले आधुनिक युद्धमा पीएलए नेटवर्क सूचना प्रणालीको निर्माण र समन्वय बढाउने छ। मिस इन्फर्मेशन वारफेयरमा चीनले निपुणता हासिल गरेको छ । 

ज्वाइन्ट लजिस्टिक सपोर्ट फोर्स 

चीनको जनमुक्ति सेनाको संयुक्त लजिस्टिक सपोर्ट फोर्सको मुख्य कार्य पीएलएलाई रणनीतिक युद्ध स्तर र अभियान स्तरको संयुक्त रसद सहयोग उपलब्ध गराउनु हो। यो बल सेप्टेम्बर २०१६ मा स्थापना भएको हो र अप्रिल २०२४ मा यसलाई पिलएको नयाँ शाखाको रूपमा मान्यता दिइयो। यो बल सीएमसी अर्थात् केन्द्रीय सैन्य आयोग अन्तर्गत काम गर्दछ। यस मार्फत, चिनियाँ पिएलएले आफ्नो रसद प्रणाली आधुनिकीकरण र पिएलएका विभिन्न शाखाहरूको रसद आपूर्ति श्रृंखला एकीकृत गर्न सकिन्छ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending