काठमाडौं । जोरपाटीस्थित गोकर्णेश्वर नगरपालिका–६ मा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई जना पैदलयात्री घाइते भएका छन्।
गोकर्णेश्वरबाट छहारी क्लबतर्फ जाँदै गरेको बा १९ च ७७२४ नम्बरको कारले बिहान ६ः५५ बजे सडकपेटीमा हिँडिरहेका दुई जनालाई ठक्कर दिएको थियो।
दुर्घटनामा परेर काभ्रेपलाञ्चोक घर भई हाल गोकर्णेश्वर बसोबास गर्दै आएका ६२ वर्षीय परशुराम पराजुली गम्भीर घाइते भएका छन्। धान बोकेर मिलतर्फ जाँदै गर्दा उनलाई कारले ठक्कर दिएको हो। उनलाई तत्काल उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएको छ।
३४ वर्षीया सरिता केसी सामान्य घाइते भएकी छन् भने उनको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचार भइरहेको छ।
दुर्घटना भएको कार ५१ वर्षीय कृष्णप्रसाद पाण्डेले चलाएका थिए, जो माकलबारी, गोकर्णेश्वरका बासिन्दा हुन्। प्रहरीका अनुसार कार अनियन्त्रित भई दुईवटा बिजुलीको पोलको बीचमा अड्किएको अवस्थामा भेटिएको छ।
घटनापछि चालक फरार भएका छन् भने कारमा सवार उनकी श्रीमती भने प्रहरीको सम्पर्कमा आएकी छन् र उनी हाल उपचारमा संलग्न रहेको जानकारी दिइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: