Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

भेरी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

खबरडबली संवाददाता

रुकुमपश्चिम। रुकुमपश्चिम हुँदै बग्ने ठूलीभेरी र सानीभेरी नदीमा जलसतह बढेको छ । डोल्पा हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने ठूलीभेरी र रुकुमपूर्व हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने सानीभेरी नदीले सतर्कता तह पार गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति ठूलीभेरी नदीले खतरा तह पार गरेको थियो । बिहान भने तह केहि कम रहेको छ । रिम्नामा रहेको जलमापन केन्द्रका ग्रेड रिडर लक्ष्मी शाहीका अनुसार आइतबार बिहान ५ बजे ठूलीभेरी नदीको सतह ५.५५ मिटर रहेको थियो भने ८ बजे ५.३५ मिटर देखिएको छ । अहिले सतह केहि कम भएता पनि वर्षा भइरहकाले सतह बढ्ने बताइएको छ ।

त्यसैगरी सानीभेरी नदीको तह पनि बढेको छ । सानीभेरी गाउँपालिका ९ को सिम्लीमा रहेको जलमापन केन्द्रका ग्रेड रिडर वीरेन्द्र कुमार केसीका अनुसार आज बिहान सानीभेरीको सतह ३.८० मिटर रहेको छ । शनिबार २.८ मिटर रहेको नदीको तह राति बढेको उनले जानकारी दिए।

वर्षा भइरहेकाले नदिको सतह अझै बढ्ने उनको भनाइ छ । नदीको सतह अझै बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको जलमापन केन्द्रले जनाएको छ ।

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले नदी आसपासका क्षेत्रमा सतर्ककता अपनाउन आग्रह गरेको छन् । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जानकारी दिएकाले पूर्व सूचनाको ख्याल राख्न आवश्यक रहेको उनले जनाए ।

जोखिममा रहेका स्थानहरु र घटनाहरु भएमा तत्काल जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधिहरु, नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत उनले आग्रह गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending