Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा

संस्कृति जोगाउन बालबालिकालाई परम्परागत ज्ञान दिँदै बोटे समुदाय

खबरडबली संवाददाता

हेटौँडा । “हामी खोला र वनका रक्षक हौँ, अपराधी होइनौँ, हाम्रो संस्कृति, पेसा र पहिचान जोगाउन सरकारले ध्यान दिनुपर्छ”, माछा मार्ने जाल बुन्दाबुन्दै जनप्रतिनिधि बनेकी मकवानपुरको मनहरी गाउँपालिका–७ की कान्छीमाया बोटेले भन्नुभयो । माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिनुपर्ने उनको माग छ ।

कान्छीमाया भन्छिन्, “वन र खोलामा नजाने हो भने घर चल्दैन, जाने हो भने निकुञ्जले समातेर आधाबार पुर्याउँछ र अपराधीजस्तो महसुस गराउँछ । त्यसैले सरकारले हाम्रो परम्परगत सीप र जीवनशैली बुझिदिनुपर्छ ।”

खोलामा माछा मार्ने विकल्पका रूपमा धन कमाउन विदेश गएको २७ वर्षीय छोराको शव फर्किएको घटना सम्झँदै उनी भन्छिन्, “हामीलाई विदेशमा मर्न बाध्य नबनाऊ सरकार, हाम्रो आफ्नै पहिचान छ, जुन वातावरणमैत्री नै हो ।” उनका अनुसार बोटे समुदाय प्रकृति पुजारी भएकाले प्रकृतिलाई क्षति नपुर्याई जीवन धान्ने गरिएको थियो । सामुदायिक वन भने पनि पस्न नपाउने भएकाले त्यो समुदायको हो भन्नेसम्म पनि नलागेको कान्छीमाया बताउँछिन् ।

राप्ती खोलामा माछा मार्न नपाइने र जङ्गलमा जान नपाइने अवस्था आएपछि बोटे समुदाय परम्परागत पेसाबाट विस्थापित हुँदै गएको कान्छीमायाले बताइन् । उनका अनुसार बोटे समुदायको परम्परागत पेसा माछा मार्ने र डुङ्गा चलाउने हो, तर पर्सा र चितवन राष्ट्रिय निकुञ्जको छेउबाट बग्ने राप्ती नदीमा माछा मार्न प्रतिबन्ध लगाइएपछि करिब ५० घर रहेको बोटे बस्ती रोजगारीविहीन बन्दै गएको छ ।

कान्छीमाया भन्छिन्, “माछाबिना हाम्रो संस्कारै रोकिन्छ, न जन्मोत्सव हुन्छ, न मृत्युसंस्कार ।” उनका अनुसार राप्ती खोला र नजिकको जङ्गलमा आश्रित बोटेहरूका लागि पहिल्यै दिइएको माछा मार्ने अनुमतिपत्र (लाइसेन्स) दुई वर्षदेखि नवीकरण भएको छैन । करिब ३५ जनाले पाएको लाइसेन्स पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले नवीकरण नगरेपछि समस्या चुलिएको उनी बताउँछिन् ।

कान्छीमायाका अनुसार बोटे समुदायको जीवनयापनको माध्यम नै वनको कुरिलो, निगुरो, तामालगायत सङ्कलन गर्ने र बेचेर घर धान्नेमा उक्त कार्य निकुञ्जको नियमनले रोक लगाएको छ भने खोला किनारमा खोलिएको सामुदायिक माछापोखरी पनि गाउँपालिकाको सहयोग नपाउँदा बन्द भएको छ । वैकल्पिक रोजगारी खोज्दै बोटे समुदायका धेरैजसो सदस्य इँटाभट्टा, बालुवा सङ्कलन, खेतमा मजदुरी, बाख्रापालन, गाईपालन र भाडाको जग्गामा कृषिकार्यमा लागेका छन् । तर यसले दीर्घकालीन समाधान दिएको छैन ।

निकुञ्ज प्रशासनले नवीकरणका लागि सङ्कलन गरेको माछा मार्ने अनुमतिपत्र नदिएकाले तनाव भएको जितबहादुर बोटे बताउँछन् । उनी भन्छन् “हामीलाई पन्ध्र सय कमाउन निकै मुस्किल पर्छ तर पन्ध्र सय पर्ने जाल निकुञ्जले खोसेर लान्छ, हामी रुँदै घर फर्कन्छौँ, कहिले त भोकै सुत्नुपर्छ”, अनुमतिपत्र नवीकरण भए जीवन धान्न सहज हुने उनी बताउँछन् ।

संस्कृति जोगाउन बालबालिकालाई परम्परागत ज्ञान दिँदै बोटे समुदाय

बोटे समुदायको सांस्कृतिक अस्तित्वसमेत सङ्कटमा छ । परम्परागत भाषा, रीतिरिवाज र संस्कार नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने अवस्था आएको छ । चितवनमा भाषा कक्षा सञ्चालन भए पनि मकवानपुरमा सरकारले पहल नगरिदिँदा आफूहरूले नै बालबालिकालाई सिकाउन थालेको कान्छीमायाले बताइन् । उनका अनुसार सामूहिक पूजा गर्ने, साउने सङ्क्रान्तिमा घाटमा पूजाआजा गर्ने, चण्डी पूर्णिमा, झाँक्रीपूजा, वाइपूजालगायत परम्परागत संस्कार बालबालिकालाई सिकाउने गरिएको छ । समुदायमा कूलपूजा र सेतो भाले चढाउने परम्परा रहेको कान्छीमायाको भनाइ छ ।

बोटे जातिको इतिहास प्रकृतिसँग नजिक छ । त्यसैले मनहरीका बोटेले देउराली सिमलको रुखको फेदमा सामूहिक पूजा गर्ने थलो बनाएका छन् । साउने सङ्क्रान्तिमा खोला, घाटमा गएर पूजा गर्ने चलन छ । खोलामा माछा मार्ने वा डुङ्गा चलाउने क्रममा कुनै अप्रिय घटना नहोस् भनेर पूजा गर्ने चलन रहेको मनहरी–७ प्रतापुरका जीतबहादुर बताउँछन् । जीतबहादुर बोटे समुदायका धामी पनि हुन् । बस्तीमा बिरामी पर्दा सुरुमा धूपअक्षता गरेपछि मात्र स्वास्थ्य केन्द्र लैजाने चलन यथावतै रहेको उनी बताउँछन् ।

कान्छीमायाका अनुसार उनको समुदायको आफ्नै मौलिक मुख्य पर्व भने खासै छैन । हिन्दू धर्मावलम्बीले मान्ने दसैँ, तिहार र तीज उनीहरूको पनि मुख्य चाडपर्व हो । हिन्दू धर्मावलम्बीका अन्य समुदायले झैँ आफूहरू यी चाड एकापसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग मनाउने गरेको उनको भनाइ छ । ठूलो रुखको फेदमा ढुङ्गा राखेर त्यसैलाई देवता मानी पूजा गर्नुका साथैै वैशाखमा झाँक्रीपूजा र भदौमा वायुपूजा गर्ने कान्छीमायाले बताए ।

पहिलापहिला वर्षको जुनसुकै समयमा मानिसको मृत्यु भए पनि भदौमा अन्तिम संस्कार गरिने कान्छीमायाको भनाइ छ । उनका अनुसार सिङ्गो समुदायलाई खुवाउनका लागि भदौमा जङ्गली फलफूल, माछा, मकै आदि हुने भएकाले उक्त महिनामा अन्तिम संस्कार गरिने भए पनि यो चलन भने हाल फेरिएको छ । मृत्यु संस्कारमा गीत आउने चलन भने कायमै रहेको र नयाँ पुस्तालाई पनि सिकाइरहेको उनले बताए ।

घर छ, रोजगार छैन

राप्ती खोलामा माछा मारेर बिक्री गर्दै आएका बाटो समुदायलाई पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले खोलामा जाल हानेर माछा मार्न प्रतिबन्ध लगाएपछि उनीहरूको पेसा नै सङ्कटमा पर्दै गएको हो । केही वर्ष पहिले राप्ती र मनहरी खोलामा माछा मार्नका लागि पर्सा राष्ट्रिय निकुञ्जले अनुमतिपत्र दिएको थियो । तर, त्यो अनुमतिपत्र पनि दुई वर्षदेखि नवीकरण भएको छैन । पैतीस जना बोटेलाई दिइएको अनुमतिपत्र नवीकरण गर्न भनेर पर्सा राष्ट्रिय निकुञ्जको आधाभार कार्यालयमा लगेको तर, नवीकरण भएर आएन ।

वनजङ्गलको भरमा जीविकोपर्जन गर्न पनि समस्या छ । सुरक्षाकर्मीले राष्ट्रिय निकुञ्जमा प्रवेश गर्न दिँदैनन् । सामुदायिक वनमा कुरिलो, अम्रिसोजस्ता कुरा छैनन् । माछा मार्ने अनुमतिपत्र नवीकरण नभएपछि उनीहरूले वैकल्पिक पेसाका रूपमा ज्यालामजदुरी गर्न थालेका छन् । वैकल्पिक पेसाका रुपमा यहाँका बोटे समुदायले मनहरी गाउँपालिकाको सहयोगमा सामुदायिक माछापोखरी निर्माण गरेका थिए तर, त्यो पनि एक वर्षमात्र चल्यो । गाउँपालिकाले दोस्रो वर्षमा सहयोग नगरेपछि सामुदायिक पोखरी पनि सङ्कटमा परेको छ ।

पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले माछा मार्न पनि लुकीछिपी मात्र जाने गरेको बिनुमाया बोटे बताउँछिन् । बिनुमायाले जङ्गल र खोलामा धेरै जाने जाति भनेर चिनिएको आफ्नो समुदायमा पर्सा राष्ट्रिय निकुञ्जले उनीहरूलाई दिइएको माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिए आफूहरूको जीवनयापन सहज हुने बताइन् ।

उनका अनुसार मनहरीका बोटे समुदायले बाख्रा, गाईवस्तुपालन, खेतीकिसानीलगायत काममा लागेर खोला र वनजङ्गल जान कम भएको छ । खोलामा गएर माछा मार्ने, जङ्गलमा गएर निगुरो, कुरिलोको जरा, तामालगायत सङ्कलन गरेर बेच्नुभन्दा अरुको जग्गा भाडामा लिएर खेतीपाती गरेर धानिएको घर अहिले सङ्कटमा भएको बिनुमायाको भनाइ छ ।

नेपालमा बोटे जातिको बसोबास मकवानपुर, चितवन, नवलपरासी, तनहुँ, गुल्मी, लमजुङलगायत जिल्लामा मात्र पाइन्छ । चितवनको माडी क्षेत्र बोटे जातिको सबैभन्दा बढी बसोबास भएको क्षेत्र मानिन्छ । विसं २०७८ को जनगणनाअनुसार देशभर बोटे जातिको जनसङ्ख्या ११ हजार २५८ छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE