Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

खबरडबली संवाददाता

काठमाडौँ । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज  यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ । 

अनौपचारिक रूपमा तिब्बतका राजा  स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा  अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । 

शान्तिपूर्ण सहअस्तित्व,  पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले बताए ।  

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को  स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली,  अन्तरराष्ट्रिय शान्तिसुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिएको उनी बताउँछन्। 

विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने पूर्वराजदूत आचार्यको सझाव छ । 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ यहाँ आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending