रञ्जिता श्रेष्ठले सोधिन् संसदीय दलका नेता गंगारामसँग २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको विवाद चर्किँदै गएको अवस्थामा अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टिकरण सोधेकी छन् ।श्रेष्ठले चौधरीले विधान विपरीत काम गरेको आरोप लगाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न माग गरेकी हुन् ।
पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भन्दैअध्यक्ष श्रेष्ठले दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।
'मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र मेरो हालको अस्वस्थताको कारणले काबुबाहिरको परिस्थिति परि पार्टीको गतिविधिहरूमा पूर्ण रूपमा सक्रिय हुन असमर्थ रहेको व्यहोरा यहाँहरूलाई अवगत नै रहेको छ । यसरी बिरामी परी उपचाररत रहेको अवस्थामा मेरो अनुपस्थितिमा बिना कुनै जानकारी विधानविपरीत तपाईंको नेतृत्व एवं सक्रिय संलग्नतामा साउन ३, ९ र ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकारभन्दा बाहिर गई बैठक बसी गैरकानुनी निर्णयहरू गरेको पाइएको' ले कारबाही किन नगर्ने भनी श्रेष्ठले स्पष्टीकरण सोधेकी हुन् ।
'तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आधार कारणयुक्त एवं चित्तबुझ्दो स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा पार्टीको विधानबमोजिम तपाईंलाई कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ,' उनले स्पष्टीकरण पत्रमा लेखेकी छन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - १३:५८
ह्युस्टन। इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकाङ्क्षी उडान सम्पन्न गर्दै पृथ्...
चैत्र २४ गते, २०८२ - १३:५१
महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलवार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते ...
चैत्र २४ गते, २०८२ - १३:४६
काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । आज मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण...
चैत्र २४ गते, २०८२ - १३:४४
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सरकारको यो निर्णयले इन्धनको मूल्यमा केही राहत ...
चैत्र २४ गते, २०८२ - १३:४०
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई उक्त पदमा नियुक्त गर...
चैत्र २४ गते, २०८२ - १३:२६
काठमाडौँ। मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा म...
चैत्र २४ गते, २०८२ - १३:०३
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानम...
चैत्र २४ गते, २०८२ - १२:४६
लन्डन। इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रि...
चैत्र २४ गते, २०८२ - १२:३९
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब ए...
चैत्र २४ गते, २०८२ - १२:२९
काठमाडौं । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भ...


प्रतिकृया लेख्नुहोस्: