Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

लागुऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै नयाँ चार चुनौती औँल्याए । लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्नु पहिलो हो । लागुऔषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइमजस्ता चुनौती थपिएको निष्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेखकको पहिलो वर्षको कार्यकालमा लागुऔषधविरुद्ध मुलुकभर नियन्त्रणका लागि महाभियान सञ्चालन गरे । 

काठमाडौं उपत्यकामा लागुऔषधविरुद्धको प्रहरीमार्फत महाभियान सञ्चालन भइरहेका छन् । गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रणका लागि मातहतका प्रहरीका साथै आमनागरिक, अभिभावकलगायत सरोकार भएका निकायले महाभियानमा साथ दिनुपर्नेमा जोड दिए । मुलुकभर विभिन्न कार्यक्रममार्फत लागुऔषध सम्बन्धी सचेतनासँगै कारबाहीलाई पनि द्रुतगतिमा अघि बढाएका मन्त्री लेखकले गति दिएअनुसारको सफलता प्राप्त हुँदै गएको छ ।

मन्त्री लेखकले नेतृत्व सम्हालेयता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागुऔषध मुद्दामा सात हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ सङ्ख्या अघिल्लो आर्थिक वर्षभन्दा एक हजार २०१ बढी हो । अघिल्लो आव २०८०/८१ मा छ हजार ७४२ जना पक्राउ परेका थिए । गत आव २०८१/८२ मा पक्राउ पर्नेमा सात हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेका प्रहरीको लागूऔष नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार सो अवधिमा लागुऔषधका पाँच हजार ११० मुद्दा दर्ता भएका छन् ।

यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरो हिरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ । त्यसै गरी एक वर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठुलो मात्रामा अन्य लागुऔषध प्रहरीले बरामद गरेको छ ।

अघिल्लो आवभन्दा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै सात किलोग्राम विगतभन्दा बढी बरामद भएको ब्युरोको तथ्याङ्कबाट देखिन्छ । ब्युरोको तथ्याङ्कअनुसार आव २०७९/८० मा लागुऔषध सम्बन्धी चार हजार १०० मुद्दा दर्ता भई छ हजार १८६ जना पक्राउ परेका थिए भने आव २०८०/८१ मा चार हजार ४२४ मुद्दा दर्ता भई छ हजार ७४२ जना पक्राउ गरिएको थियो । 

मन्त्री लेखकले लागुऔषध नियन्त्रण तथा अवैध ओसारपसारलाई नियन्त्रण उच्च प्राथमिकतामा राखेकाले सफलता हासिल हुँदै गएको छ । सवारी दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबर क्राइमलगायत आपराधिक घटनाका पछाडि पनि लागुऔषध प्रयोग एउटा कारकका रूपमा देखिएको ब्युरोको भनाइ छ । खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोललगायतका अन्य औषधी मुलुकभित्र प्रयोग बढ्दो छ भने कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ । 

प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तविरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागूऔषध नियन्त्रण ब्युरो र ब्युरो मातहतका दस वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन् । ब्युरोको विवरणअनुसार पनि गत आवमा मात्रै एक हजार ६७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आवमा ब्युरोले एक हजार १९३ जनाविरुद्ध मुद्दा चलाएको थियो भने आव २०७९/८० मा ब्युरोले ९३७ जनाविरुद्ध मुद्दा चलाएको थियो । विवरणअनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरू पक्राउ पर्ने क्रम बढेको छ । 

त्यसै गरी सशस्त्र प्रहरी बलले लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । बितेको एक वर्षमा सशस्त्र प्रहरी बलले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न ४६० जनालाई पक्राउ गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending