काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसले आज संसदीय दलको नयाँ नेता चयन गर्दैछ। मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो।
मंगलबार भएको मतदानमा ३७ सदस्यीय दलमध्ये २२ सांसदले लामाविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मत दिए भने १५ मत मात्रै लामाको पक्षमा पर्यो। बहुमतले पारित भएको प्रस्तावसँगै लामा दलको नेताबाट पदमुक्त भएका थिए।
नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेश संसदीय दलले मंगलबार नै हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो। समितिले बुधबारको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिका अनुसार,
बिहान ८ बजे मतदाता नामावली प्रकाशन
बिहान १० देखि ११ बजेसम्म उम्मेदवारी दर्ता
दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ।
मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ।
अविश्वास प्रस्तावमा अगुवाइ गरेका सांसदहरूले इन्द्रबहादुर बानियाँलाई दलको नेता तथा मुख्यमन्त्रीका रूपमा अघि सारेका छन्। बानियाँ आजको निर्वाचनमा उम्मेदवार हुने निश्चित भइसकेको छ।
लामाको पक्षबाट उनी स्वयं पुनः उम्मेदवारी दिन्छन् वा अर्काे विकल्प अघि सारिन्छ भन्ने स्पष्ट भइसकेको छैन। तर लामा दलको नेता गुमाए पनि मुख्यमन्त्री पद नछोड्ने अडानमा रहेका छन्।
अब दलको नेतामा को विजयी हुन्छ भन्नेमा राजनीतिक वृत्तमा चासो बढेको छ। दलभित्रको शक्ति सन्तुलन र रणनीतिक समीकरणले आजको निर्वाचनलाई निर्णायक बनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: