काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय पार्टी फुट्ने हल्लालाई असत्य र नियोजित भ्रमको खेती भनेका छन्।
उनले माथिल्लो तहबाट निरन्तर प्रचार गरिँदै आएको पार्टी फुट्ने अड्कललाई थप मलजल गरेर कार्यकर्ता र जनतामा संशय सिर्जना गर्ने प्रयत्नप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबैलाई सचेत रहन आग्रह गरेका छन्।
शर्माले एक विज्ञप्ति जारी गर्दै भने, “बिगत दुई वर्षदेखि निरन्तर रुपमा पार्टी फुट्ने चर्चा गरिँदै आएको छ, तर यो नियोजित ढंगमा कार्यकर्तामाझ भ्रम फैलाउने काम हो। अब हामी बहसलाई पार्टी पुनर्गठन र एजेण्डा केन्द्रित बनाउनु पर्छ।”
उनले गत वर्ष सबै प्रदेशमा सम्पन्न परामर्श बैठक र त्यसपछिको केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशन गर्ने निर्णय गरेको स्मरण गराउँदै, मंसिरसम्म उक्त प्रक्रिया सम्पन्न गरिने बताए। शर्माका अनुसार, विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, सांगठनिक अराजकता, र नेतृत्वमा देखिएको अन्योलतासमेत समाधान गर्नेछ।
शर्माले पुष्पलाल लोकमार्ग र हुलाकी मार्ग अभियानबाट आर्जन गरिएको ऊर्जालाई गुमेको साख पुनः स्थापित गर्न सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। “हामीले आत्मसमिक्षा गर्दै गम्भीर ढंगले एजेन्डा केन्द्रित बहस गर्नुपर्छ,” उनले भने।
देशको वर्तमान अवस्था गम्भीर संकटतर्फ उन्मुख रहेको उल्लेख गर्दै शर्माले यसबाट पार पाउनका लागि संविधान संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन अनिवार्य भएको बताए।
शर्माले संविधान संशोधनमार्फत शासकीय स्वरुप, निर्वाचन प्रणाली, पहिचान र आर्थिक पुनर्संरचना जस्ता विषय उठाउनुपर्ने उल्लेख गर्दै समाजवादउन्मुख अर्थतन्त्रलाई व्यवहारमा उतार्न आर्थिक नीति र संरचना परिवर्तन अपरिहार्य भएको तर्क गरे।
अध्यक्ष प्रचण्डसँगको कथित असमझदारीबारे उठेका प्रश्नहरूमा उनले प्रत्यक्ष रूपमा केही नबोले पनि, पार्टीभित्र गहिरो वैचारिक छलफल र आत्मसमिक्षा आवश्यक रहेको स्पष्ट पारे।
शर्माले निष्कर्षमा भने, “पार्टी विशेष महाधिवेशनतर्फ अघि बढ्दैछ। यसले नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्दै माओवादी आन्दोलनलाई नयाँ दिशातर्फ अघि बढाउनेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: