Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नागरिक उन्मुक्तिमा विवाद : रञ्जिताले कार्यवाहक तोकिन्, बहुमत केन्द्रीय सदस्यले मागे २४ घण्टे स्पष्टीकरण

खबरडबली संवाददाता

धनगढी । पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा मुछिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि आन्तरिक विवाद चर्किएको छ । पार्टीका संरक्षक एवं रेशम चौधरीको अगुवाइमा बहुमत पार्टी संस्थापकहरूको बैठकले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएकी अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए । श्रेष्ठले भने आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म भन्दै आइतबार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी छन् । 

‘यस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा ९ बमोजिम तपार्इं वरिष्ठ नेता शिव बास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्रमार्फत तोकिएको छ,’ बास्तोलालाई दिएको पत्रमा उनले भनेकी छन् ।

पार्टीको विधानको धारा १९ मा अध्यक्षको अधिकार र कर्तव्यसम्बन्धी व्यवस्था छ । त्यसको उपधारा ६ मा ‘आफूमा निहित अधिकार अन्य पदाधिकारीलाई प्रत्यायोजन गर्ने’ भनिएको छ । संरक्षक चौधरी पक्षका नेताहरू संस्थापक केन्द्रीय सदस्यलाई नै कार्यवाहकको जिम्मेवारी दिनुपर्ने तर्क गरिरहेका छन् । 

श्रेष्ठ पक्षधर नेताहरू भने कार्यवाहक तोक्ने अधिकार अध्यक्षको भएको दाबी गरिरहेका छन् । अध्यक्ष श्रेष्ठ पक्षधर संस्थापक केन्द्रीय सदस्य कोमल ज्ञवालीले भनिन्, ‘कसलाई कार्यवाहक तोक्ने भन्ने कुरा अध्यक्षको अधिकार क्षेत्रमा पर्छ । विधानले कार्यवाहक प्राप्त गर्ने कुनै मापदण्ड तोकेको छैन ।’

नागरिक उन्मुक्ति गठन हुँदा निर्वाचन आयोगमा पेस गरिएको विधानअनुसार बनेको अध्यक्षसहित २१ सदस्यीय केन्द्रीय समितिमा भने बास्तोलाको नाम छैन । बास्तोलाले पार्टीको विधानअनुसार तीन जनालाई अध्यक्षले वरिष्ठ नेता मनोनयन गर्ने प्रावधानअनुरूप २४ असार ०८१ मा आफू वरिष्ठ नेता मनोनीत भएको बताए । विधानको धारा २० मा वरिष्ठ नेतासम्बन्धी व्यवस्था छ ।

बास्तोलालाई कार्यवाहक तोकिएपछि बहुमत संस्थापकले श्रेष्ठलाई ‘पार्टीको अहित हुने गतिविधि गरेको, बैठक नबोलाएको, पार्टीलाई अनिर्णयको बन्दी बनाएको लगायत सवालमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ । नागरिक उन्मुक्तिका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा १३ जनाको उपस्थिति थियो । 

दामोदर पण्डितको अध्यक्षतामा बसेको बैठकमा रामलाल डगौरा थारू, लक्ष्मणकिशोर चौधरी, लालवीर चौधरी, बलवीर चौधरी, लक्ष्यबहादुर चौधरी, बिना थारू, पुन्नबहादुर बुढा, योगेन्द्र घिसिङ, गंगाराम चौधरी डगौरा, विपतराम चौधरी, आलोक चौधरी र ओशिनकुमारी चौधरी उपस्थित थिए । नागरिक उन्मुक्तिको संस्थापक केन्द्रीय समितिमा एक अध्यक्ष र २० सदस्य छन् ।

नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय केन्द्रीय समितिको नभएको बताए । ‘अहिलेको केन्द्रीय समितिले बास्तोलाजीलाई चिन्दैन । विधानको कुन आधारमा उहाँ (श्रेष्ठ) ले जिम्मेवारी दिनुभयो भन्नेबारेमा केन्द्रीय समितिले स्पष्टीकरण सोधेको छ,’ उनले भने ।

पोखराको बाटुलेचौरमा रहेको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र पूर्वभूमि व्यवस्थामन्त्रीसमेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठबीच ‘घूस डिल’ भएको अडियो केही साताअघि सार्वजनिक भएको थियो । त्यो अडियो सक्कली रहेको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भइसकेको छ । अडियो थप पुष्टिका लागि अख्तियारले श्रेष्ठको स्वर परीक्षण पनि गरेको छ ।

पार्टीका संरक्षक रेशम चौधरी र उनकी श्रीमती अध्यक्ष श्रेष्ठबीच लामो समयदेखि टकराव रहँदै आए पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको विषयमा भने एउटै स्वर सुनिएको थियो । उनीहरू दुवैको समझदारीमा पार्टीले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो । फिर्ता हुने निर्णय भए पनि संघमा राज्यमन्त्री अरुण चौधरी बहाल नै छन्, संसद्मा भने नागरिक उन्मुक्ति प्रतिपक्षमा छ ।

केही दिनयता भने संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबीच दूरी बढेको थियो । रेशम चौधरीले बिहीबार श्रेष्ठका लागि एउटा भिडियो सन्देश जारी गरेका थिए, जसमा उनले भनेका थिए, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन, तपाईंका कारण सिर्जना भयो । तर पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास गरेकै छौं । तपाईं केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्ट रूपमा आफूमाथि लागेका आरोपहरूको जवाफ दिनुपर्छ ।’

नागरिक उन्मुक्तिलाई नजिकबाट नियाल्दै आएका कृष्ण सर्वहारीका अनुसार पछिल्ला दिनमा संरक्षक चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद बढाएको देखिन्छ । ‘त्यसबाट अध्यक्ष श्रेष्ठको मनमा चिसो पसेको र टकराव पुरानै अवस्थामा पुगेको देखिन्छ,’ उनी भन्छन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending