काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा एमालेको नियत छेडखानी र षड्यन्त्र गर्ने देखिएको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा मुख्य जिम्मेवारी एमाले र प्रधानमन्त्री केपी ओली रहेको आरोप लगाएका हुन् ।
‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको हो तर, अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने, २ वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो’ उनले भने, ‘तर अहिले त्यो राख्न हुन्न भनेर लास्टमा गएपछि चीज के रहेछ भने बिरालोले अन्तिममा म्याउ गरि छाड्यो भने जस्तै एमालेले म्याउ गरि नै हाल्यो, उस (एमाले) को नियत नै रहेछ यसका विरुद्ध षड्यन्त्र गर्ने। त्यसकारण मैले भनेको छु यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्दछ,’ उनले भने ।
प्रचण्डे छानबिनको दायरामा प्रधानमन्त्री स्वयंलाई पनि पारिनुपर्ने तर्क गरे ।उने भने मैले संसदीय छानबिन समितिलाई भनेको छु, शंकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो तर ठोस रुपमा भन्ने आधार थिएन। अहिले एमालेका सांसदहरुले गरेको गतिविधिबाट र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनु पर्छ भनेर हामीले भनेका छौं। हाम्रा माननीय सदस्यहरुले सदनमा पनि उठाउनु भएको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १२:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा पार...
चैत्र २० गते, २०८२ - ११:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् । सभामुख पदका लागि...
चैत्र २० गते, २०८२ - ११:४१
जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तिय...
चैत्र २० गते, २०८२ - ११:१७
नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ । नेपा...
चैत्र २० गते, २०८२ - ११:०६
काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’माथि हाल अमेरिका बस्दै आएकी एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकि छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ...
चैत्र २० गते, २०८२ - १०:४२
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेको छन्। घाइतेहरूलाई नि:शुल्क उपचार सेवा दिँदै आएका पूर्व सांसद ...
चैत्र १९ गते, २०८२ - १७:०७
चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...
चैत्र १९ गते, २०८२ - १६:५३
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...
चैत्र १९ गते, २०८२ - १६:३८
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...
चैत्र १९ गते, २०८२ - १६:२८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...


प्रतिकृया लेख्नुहोस्: