Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

खबरडबली संवाददाता

काठमाडौँ। यहाँको चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ। सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ । 

छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो । “गाउँमै धार्मिक आयाम थपिएको छ”, विश्वविश्रामेश्वर १०९ शिवलिङ्ग विश्वधाम मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठले भने, “कतिपयले यो सबै मूर्ति एउटै ढुङ्गामा होइन होला रु, जोडेको होला भनेर शङ्का गर्छन् तर होइन, म आफैँले धादिङको जुङ्गे खोलाबाट ल्याएको एउटै ढुङ्गामा मूर्तिकारले यो मूर्ति कुँदेका हुन् ।”

सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ । अध्यक्ष श्रेष्ठले बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट निजी प्रयासमा यो मूर्ति बनाएको र यहाँ मन्दिर निर्माण जारी रहेको बताए। मन्दिर निर्माणलगायतमा स्वेच्छिक सहयोग गर्न सकिने श्रेष्ठले बताए। यहाँ रु ३० हजार १०५ सहयोग गर्नेका नाममा एउटा शिवलिङ्ग र आजीवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रमा राखिने जनाइएको छ ।

हाल यहाँ शिवपुराण ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञका संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेका महादेवलाई यहाँ स्थापना गरिएको बताए । घिमिरेले भने, “गोसाइँ स्नान गर्ने बेलामा एक दृष्टिले हेर्दा महादेव सुतेको देखिन्छ, त्यसैको स्वरुप यहाँ बनाइएको हो ।”

मुख्यगरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यसो त विश्रामेश्वर महादेव र मन्दिर निर्माण गर्नुमा विशेष कारण छ । श्यामलाल श्रेष्ठका बुबा धनलालले सपनामा यहाँ भगवान् शिवलाई सुतेको देखिरहनुहुन्थ्यो । त्यसकारण उनले यहाँ मन्दिर बनाउन अनुरोध गरेको थिए । उनको निधनपछि  आमा न्हुच्छेमायालाई पनि त्यही दृश्य झल्झली आइरह्यो । भर्खरै ८४ गरिएकी न्हुच्छेमायाले पनि मन्दिर बनाउन छोराहरुलाई अनुरोध गरे।

उनीहरुकै चाहना पूरा गर्न आफूले मन्दिर निर्माण थालेको श्रेष्ठले बताए । सो ढुङ्गामा कलाकार काजी लामाले छ महिना लगाएर मूर्ति कुँदेको हो । त्यसका लागि श्यामलालले रु ३७ लाख कलाकारका लागि पारिश्रमिक दिएको छन् । करिब रु सात लाख ढुङ्गा यहाँसम्म ल्याउन खर्च लागेको उनको भनाइ छ ।

तरकारी ढुवानी व्यवसाय गर्ने श्रेष्ठले आमाको जिउनीबाट प्राप्त पैसा र त्यसमा थप लगानी गरेर मूर्तिसहितको मन्दिर निर्माण गरिरहेको र हालसम्म कतैबाट सहयोग प्राप्त नभएको बताए ।

महायज्ञ सुरु भएपछि यहाँ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सो मन्दिरको अवलोकन गरी नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छन् । स्थानीय छिमेकी विष्णुप्रसाद लामिछानेले आफ्नो टोल छिमेकमा नयाँ मन्दिर निर्माण भएकाले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। आफूले पनि मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्यालको प्रस्तावक लामिछाने, समर्थकमा ३ मन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा पार...

सभामुख पदका लागि अर्यालको उम्मेदवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् ।  सभामुख पदका लागि...

लालगढमा सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तिय...

नेपालगन्ज नाकाबाट ५४ अर्बको कारोबार

नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ ।   नेपा...

कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको गम्भीर आरोप

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’माथि हाल अमेरिका बस्दै आएकी एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकि छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ...

जेनजी घाइतेको सेवा कार्यमा डा.शर्माप्रति गृहमन्त्रीको सम्मान

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेको छन्। घाइतेहरूलाई नि:शुल्क उपचार सेवा दिँदै आएका पूर्व सांसद ...

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending