रेसुङ्गा। गुल्मी तेक्वान्दो डोजाङ्गको आयोजनामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगीता हुने भएको छ । यही साउन १७ गते जिल्ला खेलकुद विकास समिति गुल्मीको भर्डहलमा प्रतियोगीता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगीताको सह–आयोजकको रुपमा इस्मा तेक्वान्दो डोजाङ्ग रहेको छ ।
प्रतियोगीतामा छात्र ११ र छात्रा ११ तौल समूहमा फाइट र एकल पुङसे गरेर करिव १५० खेलाडी सहभागी हुने सह–आयोजक इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष दिपक जिसीले जानकारी दिए। जिल्लामा रेसुङ्गा र मुसिकोट नगरपालिका तथा इस्मा र मालिका गाउँपालिकामा तेक्वान्दो डोजाङ्ग मार्फत प्रशिक्षणहरु सञ्चालन भएका छन् । पछिल्लो समय जिल्लामा तेक्वान्दो खेलप्रति आर्कषण बढ्दै गएको छ ।
जोखिमपूर्ण खेलको रुपमा हेरिने तेक्वान्दोलाई अहिले विभिन्न ठाउँहरुमा सौहार्दपूर्ण रुपमा सञ्चालन गरिएको तेक्वान्दो खेलका प्रशिक्षक समेत रहनुभएको इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष जिसीले बताए। यो जिल्ला स्तरीय प्रतियोगीता पहिलो पटक आयोजना गरिएको छ । तीन वर्ष पहिले इस्मा तेक्वान्दो डोजाङ्गले प्रदेश स्तरीय प्रतियोगीता सम्पन्न गरेको थियो ।
प्रतियोगीतामा उत्कृष्ट हुने खेलाडीहरुलाई विधा अनुसारको पदक, प्रमाणपत्रसहित उत्कृष्ट पुरस्कारको व्यावस्था आयोजकले गरेको छ । यो तेक्वान्दो २०५४ सालबाटै जिल्लामा खेल्न थालिएको थियो । तर, २०६५ सालबाट सङ्गठित गरेर अगाडि बढेको मुख्य आयोजक गुल्मी तेक्वान्दो डोजाङ्गका अध्यक्ष गिरी प्रसाद महाकिमले जानकारी दिए।
राष्ट्रपति रनिङ्गशिल्डमार्फत विद्यालय स्तरिय खेल बन्दै गएको छ । जिल्लाबाट राष्ट्रिय प्रतियोगीतामा सहभागी भएर दिपा पुनले स्वर्ण र दिपेन्द्र चुँदाराले रजत पदक प्राप्त गरेका छन् । त्यस्तै प्रदेश स्तरीय खेलमा प्रकाश खासु सहभागी भएर उत्कृष्टता प्रर्दशन गरेको महाकिमले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १२:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा पार...
चैत्र २० गते, २०८२ - ११:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् । सभामुख पदका लागि...
चैत्र २० गते, २०८२ - ११:४१
जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तिय...
चैत्र २० गते, २०८२ - ११:१७
नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ । नेपा...
चैत्र २० गते, २०८२ - ११:०६
काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’माथि हाल अमेरिका बस्दै आएकी एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकि छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ...
चैत्र २० गते, २०८२ - १०:४२
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेको छन्। घाइतेहरूलाई नि:शुल्क उपचार सेवा दिँदै आएका पूर्व सांसद ...
चैत्र १९ गते, २०८२ - १७:०७
चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...
चैत्र १९ गते, २०८२ - १६:५३
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...
चैत्र १९ गते, २०८२ - १६:३८
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...
चैत्र १९ गते, २०८२ - १६:२८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...


प्रतिकृया लेख्नुहोस्: