रेसुङ्गा। गुल्मी तेक्वान्दो डोजाङ्गको आयोजनामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगीता हुने भएको छ । यही साउन १७ गते जिल्ला खेलकुद विकास समिति गुल्मीको भर्डहलमा प्रतियोगीता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगीताको सह–आयोजकको रुपमा इस्मा तेक्वान्दो डोजाङ्ग रहेको छ ।
प्रतियोगीतामा छात्र ११ र छात्रा ११ तौल समूहमा फाइट र एकल पुङसे गरेर करिव १५० खेलाडी सहभागी हुने सह–आयोजक इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष दिपक जिसीले जानकारी दिए। जिल्लामा रेसुङ्गा र मुसिकोट नगरपालिका तथा इस्मा र मालिका गाउँपालिकामा तेक्वान्दो डोजाङ्ग मार्फत प्रशिक्षणहरु सञ्चालन भएका छन् । पछिल्लो समय जिल्लामा तेक्वान्दो खेलप्रति आर्कषण बढ्दै गएको छ ।
जोखिमपूर्ण खेलको रुपमा हेरिने तेक्वान्दोलाई अहिले विभिन्न ठाउँहरुमा सौहार्दपूर्ण रुपमा सञ्चालन गरिएको तेक्वान्दो खेलका प्रशिक्षक समेत रहनुभएको इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष जिसीले बताए। यो जिल्ला स्तरीय प्रतियोगीता पहिलो पटक आयोजना गरिएको छ । तीन वर्ष पहिले इस्मा तेक्वान्दो डोजाङ्गले प्रदेश स्तरीय प्रतियोगीता सम्पन्न गरेको थियो ।
प्रतियोगीतामा उत्कृष्ट हुने खेलाडीहरुलाई विधा अनुसारको पदक, प्रमाणपत्रसहित उत्कृष्ट पुरस्कारको व्यावस्था आयोजकले गरेको छ । यो तेक्वान्दो २०५४ सालबाटै जिल्लामा खेल्न थालिएको थियो । तर, २०६५ सालबाट सङ्गठित गरेर अगाडि बढेको मुख्य आयोजक गुल्मी तेक्वान्दो डोजाङ्गका अध्यक्ष गिरी प्रसाद महाकिमले जानकारी दिए।
राष्ट्रपति रनिङ्गशिल्डमार्फत विद्यालय स्तरिय खेल बन्दै गएको छ । जिल्लाबाट राष्ट्रिय प्रतियोगीतामा सहभागी भएर दिपा पुनले स्वर्ण र दिपेन्द्र चुँदाराले रजत पदक प्राप्त गरेका छन् । त्यस्तै प्रदेश स्तरीय खेलमा प्रकाश खासु सहभागी भएर उत्कृष्टता प्रर्दशन गरेको महाकिमले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: