बाजुरा। बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
दुर्घटनामा हिमाली गाउँपालिका–५ सुन्यबाडा बस्ने ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो।
बिहीबार बिहान ९ बजे क्युडीदेखि धुलाचौर आउँदै गएको ०३००१ बा प्र ०३००१ ज ०३३८ नम्बरको जिप क्युडी नजिक सडकबाट अन्दाजी दुई सय पचास मिटर तल खसेपछि उनी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसमा रहेका अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घाइते भएका १२ जनाको उपचारका लागि अहिले कोल्टी आधारभूत अस्पतालमा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए।
उनले भने, “जिप के कती कारणले दुर्घटना भएको हो भन्ने कुरा जानकारी हुन सकेको छैन।”
दुर्घटना परेको जिपमा जम्मा २६ जना सवार थिए। उनीहरुमध्ये दुई जनाको घटनास्थलमै मृत्यु १२ जना घाइते र अन्य १२ जना भने सकुशल रहेको प्रहरी निरीक्षक चौधरीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १३:१२
जनकपुरधाम। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गरेको छिन् ...
चैत्र ६ गते, २०८२ - १२:४६
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गर्दै काठमाड...
चैत्र ६ गते, २०८२ - १२:३३
हुम्ला। चालु आर्थिक वर्षका लागि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको आयोडिन युक्त नुनको कोटा माग गरिएको छ । यसवर्षका लागि निर्धारित कोटा...
चैत्र ६ गते, २०८२ - १२:०७
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ ...
चैत्र ६ गते, २०८२ - ११:४५
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन्। ...
चैत्र ६ गते, २०८२ - ११:३२
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक अवसर प्रदान गरेको छ।...
चैत्र ६ गते, २०८२ - ११:१३
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७,८०० रुप...
चैत्र ६ गते, २०८२ - १०:५६
नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ। जल तथा मौसम विज्ञ...
चैत्र ६ गते, २०८२ - १०:३९
लहान। लहानस्थित रामकुमार शारडा–उमा प्रसाद प्रादेशिक अस्पतालमा भइरहेको लापरवाही र अनियमितता हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले अस्पताल विकास...
चैत्र ६ गते, २०८२ - १०:२९
गुल्मी। गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक खण्डअन्तर्गत खैरेनी बजार क्षेत्र सडक पूर्ण रुपमा बन्द गरिएको छ। बिहीबारदेखि चैत १९ गतेसम्म खैरेनी बज...


प्रतिकृया लेख्नुहोस्: