बैंकक । थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद अब गम्भीर कूटनीतिक संकटमा परिणत भएको छ । पछिल्लो घटनाक्रममा, थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने कम्बोडियाली राजदूतलाई देश छोड्न आदेश दिएको छ ।
यो निर्णय एक थाई सैनिक बारुदी सुरुङ विस्फोटमा घाइते भएपछि गरिएको हो । प्रतिक्रियामा, कम्बोडियाले पनि सबै थाई कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गर्दै बैंककबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलायो । एपीले छापेको समाचारका अनुसार विवादित सीमा क्षेत्रमा थाई र कम्बोडियाली सैनिकहरूले पनि एकअर्कामाथि गोली चलाएका छन् ।
थाई सेनाले थाइल्याण्डको उबोन रत्चाथानी प्रान्तमा विस्फोट भएको दाबी गरेको छ । यस घटनामा पाँच सैनिक घाइते भएको र एक सैनिकले आफ्नो खुट्टा गुमाएका बताइएको छ । उता, कम्बोडियाले चाँहि विस्फोट उनीहरूको प्रेह विहार प्रान्तमा भएको दाबी गरेको छ । आपसी सहमति हुँदा हुँदै पनि सीमामा नयाँ बारुदी सुरुङ बिछ्याइएको आरोप दुवै पक्षले एकअर्कामाथि लगाइरहेका छन् ।
विस्फोटमा प्रयोग गरिएका सुरुङहरू रुसी प्रविधिको भएको आरोप थाई अधिकारीहरूले लगाएका छन् । बारुदी सुरुङहरू दुवै देशले संयुक्त रूपमा सुरक्षित मार्गहरू भनेर घोषणा गरेको मार्गमा बिछ्याइएको भनिएको छ । थाइल्यान्डले कम्बोडियालाई ओटावा सन्धिको उल्लङ्घन गरेको आरोप पनि लगाएको छ, यो सन्धीले एन्टी–पर्सनल माइनहरूको प्रयोगलाई प्रतिबन्ध लगाएको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयले थाई आरोपहरूलाई अस्वीकार गरेको छ । विस्फोट उनीहरूको क्षेत्रमा भएको र थाई सैनिकहरूले २००० को सम्झौताको उल्लङ्घन गर्दै विवादित क्षेत्रमा गस्ती गरेको उसको भनाइ छ । सीमा क्षेत्रमा धेरै बारुदी सुरुङहरू अझै पनि २० औं शताब्दीको द्वन्द्वको विरासतको रूपमा रहेको र उनीहरूको तर्फबाट कुनै नयाँ सुरुङहरू नबिछ्याइएको पनि मन्त्रालयले भनेको छ ।
कूटनीतिक सम्बन्धमा दरार
तनावका कारण थाइल्यान्डले आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउँदै कम्बोडियाली कूटनीतिज्ञहरूलाई निष्कासन गरेको छ । प्रतिक्रियामा, कम्बोडियाले बैंककबाट आफ्ना सबै कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउनुको साथै थाई फिल्म र टिभी कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ । साथै, थाई फलफूल र तरकारी, इन्धन र इन्टरनेट सेवाहरूको आयात पनि बन्द गरिएको छ ।
यस घटनाको बारेमा विदेश मन्त्रालयले आधिकारिक विरोध दर्ता गर्ने र अन्य विकल्पहरू पनि विचार गरिरहेको थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले बताए । जुलाई १ मा, सीमा विवादका कारण थाई प्रधानमन्त्रीलाई नैतिक अनुसन्धानको लागि निलम्बन गरिएको थियो । यस्तो अवस्थामा, यी घटनाहरूले दुई देशबिचको सम्बन्धलाई अझ गम्भीर मोडमा पुर्याउने विश्लेषण भइरहेका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: